पर्वत जिल्लाको दुर्लुङ्ग गाविस-८ को काफलचौर उच्चमावि नजिकै चट्टयाङ्ग पर्दा ब्रिग्रेको भिसेट टावर विगत दश महिना बित्दा सम्म पनि मर्मत नहुँदा विधार्थी मारमा परेका छन् ।
भिस्याट मार्फ इमेल इन्टरनेट प्रयोग गर्दै आएका विद्यार्थीहरु कम्पुटर कक्षा र इमेल इन्टरनेट चलाउदै आएका विधार्थीहरुले सम्वन्धीत पक्षबाट भिसेट मर्मत नभएकाले नेट चलाउन नपाएको गुनासो गरेका छन । स्थानीय जिवन गुरुङ्गले ग्रामिण भेगमा नेट चलाउन प्रयोग गरीने भिसेट प्रविधी दिएर निजी स्रोतबाट विधार्थीलाई कम्पुटरमा नेटको सुरुवात गरीदिएपनि सरकारी निकाय मार्फ यस सुविधाको लागी बनाउने प्रयास नभएकोमा गाँउका विधार्थीहरुले सरकारी पहुँच नभएको दुखेसो गर्नुभयो ।
पर्वतको दुर्लुङ्ग स्थित उत्तरी क्षेत्रको काफल चौर उच्चमाविमा केही वर्षता स्थानीय पहलमा विशेस गरी विधार्थीको भविश्यलाई मध्यनजर गर्दै कम्प्युटर शिक्षा दिइदै आइरहेको छ । स्थानीय स्व गोन्जोसिहं गुरुङ्ग र उहाँकी धर्मपत्नी स्व ससिमाया गुरुङ्गको स्मृतिमा सो माविमा उहाँका छोराहरुबाट तत्काल १२ थान कम्पुटर उपलब्ध भई कम्पुटर सचांलनमा आईरहेको छ । अहिले दुइ जना शिक्षकबाट कम्पुटर शिक्षा अध्यापन भएर आफुहरुले नयाँनयाँ कुराहरुको ज्ञान हासिल गर्दै आइरहेको अवस्थामा नेटबाट अन्तराष्टिय विषयवस्तु थाहा पाउने कुरामा भिसेट विग्रदा आफु चिन्तीत बनेको बिधार्थीहरुले बताएका छन ।
कक्षा ९ का प्रकाश ब्ास्याल भिसेट ब्रि्रीदाँ सरकारी निकायले यसलाई चासो नदिदाँ गाँउका विध्ार्थीहरु प्रतिको उदाशिनताले गर्दा विध्ाार्थीहरु अन्योलमा परेको बताउनुभयो । त्यस्तै कक्षा ९ का छात्रा सपना श्रेष्ठले पनि बिगतमा नेट चलाउने बानीले गर्दा समयमा नेट बस्न मन लाग्छ तर सम्बन्धीत निकायले भिसेट बनाउन पहल नगरेपछि विधार्थीहरु खबरविहीन भएको गुनासो गर्नुभयो ।
गुरुङ्ग दम्पतिको स्मृतिमा १२ थान कम्पुटर उपलब्ध भएपछि कम्पुटर कक्षा सुरु गरीए लगत्तै अन्य कम्पुटर जिविसबाट तथा ओम गुरुङ्गबाट १ थान कम्पुटर, धनराज गुरुङ्गबाट प्रिन्टर गरी अहिले २२ थान कम्पुटरले सवै विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिइदै आएको काफलचौर उच्चमाविका प्रधानाध्यापक जिवनाथ शर्माले बताउनुभयो ।
उहाँले इन्टरनेट बनाउनका लागी जिवन गुरुङ्गसगं माग गरीएकोले भिसेट लगेर पोखरामा प्राविधीक टोलीलाई देखाउने बताउनुभयो ।
No comments:
Post a Comment