कालीगण्डकीमा स्नान गर्न र मेला भर्न हजारौ श्रद्धालु


पर्वत माघ २ । मांघे संक्रान्तिको अबसरमा पर्वतको सेतीखोला र कालीगण्डकी नदीको संगम तथा बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला रहेको सेतीबेणी र मोदी र कालीगण्डकी नदीको संगममा रहेको मोदीबेणीमा कालीगण्डकीको जलले श्रद्धालुहरुले स्नान भरे । कालीगण्डकीमा स्नान गर्न र मेला भर्न हजारौ श्रद्धालुहरुको शनिवार बिहानै देखि घुँइचो लागेको थियो । सेतीबेणीमा पर्वत स्याङ्गजा गुल्मी र बागलुङ्गबाट ठुलो संख्यामा भक्तजन आउने गर्छन् । सेतीबेणीमा मांघेसंक्रान्तिमा नै सबैभन्दा ठुलो मेला लाग्ने गर्दछ । कालीगण्डकी ए जलबिद्युत आयोजनामा बनेको जलाशयमा स्टिमर सन्चालनमा आएपछि तीर्थालुलाई सहज भएको छ ।
यता मोदीबेणीमा माघेसंक्रान्तिकै अबसर पारेर आयोजना गरिएको मेलाको तयारी पुरा भएको मोदीबेनी धाम धार्मिक पर्यटकीय बिकास संस्थाका अध्यक्ष गोपालदास बैरागीले जानकारी दिएकाछन् । माघेसंक्रान्तिकै अवसर पारेर महायज्ञ समेत लगाइएको छ ।

No comments:

Post a Comment

games online