सुन्तलाको माला पहिराई स्वागत


पर्वत माघ २ । पर्वतको सुन्तला गाउँका रुपमा परिचित बाँसखर्क गाउँका बासिन्दाहरुले ् गाउँमा पुगेका अतिथिलाई आफ्नै बारीको सुन्तलाको माला पहिराई स्वागत गरेर नौलो उदाहरण प्रस्तुत गरेका छन् । पश्चिमान्चलमा नैसुन्तलाको पकेटक्षेत्रको रुपमा परिचित पर्वतको उत्तरी बाँसखर्कबासीहरुले सुन्तला गाउँ अवलोकनका लागि पुगेका अतिथिलाई सुन्तला माला लगाएर स्वागत गरेका हुन् ।
६० प्रतिशत भन्दा बढी मगर समुदायको बसोबास रहेको यस गाविसका जम्मा दुई सय ६० घरधुरी मध्ये झण्डै दुईसय परिवारको प्रमुख बाली नै सुन्तला खेती हो । गाविसका १ देखि ९ वडा बासीहरुले सुन्तला खेतीलाई प्रमुख खेतीका रुपमा अंगाल्दै आएका छन् ।
पश्चिमान्चलमा नै ख्याती प्राप्त भएपनि उचित बजार प्रबद्र्धनको विकल्प अपनाउन नसकेको स्थानीय सुन्तला कृषक थमनंिसह पुर्जाले बताए । ‘फुलमाला र अविर भन्दा आफ्नै बारीमा फलेका सुन्तलाको माला लगाएर अतिथिलाई स्वागत गरेका हौं’ उनले भनॆ- ‘सुन्तलाको प्रचारप्रसार गरी बजार प्रबद्र्धन गर्ने र गाउँमा पर्यटकीय आकर्षण बढाउने हाम्रो उद्देश्य हो ।’
यसो त यस गाविसमा सुन्तला खेतीका लागि गतबर्ष देखि िसंचाई सुविधा उपलब्ध भएपछि गतबर्षको तुलनामा दोब्बर सुन्तला उत्पादन भएका् छ । अन्य सुन्तला उत्पादन हुने क्षेत्रमा सुन्तलाका बोटहरु रित्तिइसकेका बेला यहाँका कृषकहरुले भने फागुन।चैत्र सम्म रुखमा नै रहने गरी सुन्तला बोटमा नै राखेको स्थानीय कृषक यामबहाजुर पुर्जाले बताए ।
‘अन्य स्थानहरुमा लामो समय नटिप्दा झर्ने र कुहिने भएपनि यस ठाउँमा सुन्तला नझर्ने भएकाले लामो समय सम्म राख्ने गरेका हौ’ उनले भने- ‘सुन्तला नझर्नु बाँसखर्कका सुन्तलाको विशेषता नै हो पछि सम्म राखेर मुल्य धेरै पार्ने हाम्रो लक्ष्य छ ।

No comments:

Post a Comment

games online