बेनी-मालढुङ्गा सडकको कालोपत्रे कार्यलाई त्रि्रता

पटक पटक अवरुद्ध हुदै आइरहेको बेनी-मालढुङ्गा सडकको कालोपत्रे कार्यलाई त्रि्रता दिइएको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजारलाई राष्ट्रिय राजमार्गसंग जोड्नका लागि चौध वर्षअघि निर्माण गरिएको सडक कालोपत्रे गर्न भारत सरकारको आठ करोड ५० लाख रुपैयाँको ऋण सहयोग गरेपछि त्रि्रताका साथै काम भइरहेको छ ।
र्
पर्वतको मालढुङ्गादेखि म्याग्दीको सदमुकाम बेनीबजारसम्मको १३ किलोमिटर सडकको ट्र्‍याक खोल्ने काम २०५२ सालमा निर्माण सम्पन्न भएरपनि राजनीतिक अस्थिरता र पहुँचवालाहरूको बेवास्ताका कारण अहिलेसम्म कालोपत्रे हुन नसकेकोमा यसै वर्षेखि कालोपत्र कार्यलाई त्रि्रता दिइएको जिसि एण्ड कसर उद्योगका सञ्चालन नारायण जिसिले बताए । उनले भने,’ स्थानिय र राजनैतिक दलको अवरोध नभएमा एक बर्षभित्र काम सम्पन्न हुने छ ।’ ओटासिल प्रविधिकको कालोपत्रेलाई गुणस्तर बनाउन निर्माणस्तरमै ल्याव समेत बनाइएको उनले बताए ।
अहिलेसम्म करिव तिन मिटरमात्र चौडा रहेको यो सडकका छेउतिर ग्याविन जाली लगाइनुका साथै भिरालो साँघुरो क्षेत्रमा डोजर लगाई फराकिलो पार्ने काम समेत भएको छ । सडकको प्रत्येक क्षेत्रमा दुइवटा गाडी छिर्नसक्नेगरि पाँच मिटर चौडा कालोपत्रे गर्ने मापदण्ड रहेको र त्यस्तो मापदण्डअनुसार पिच गर्दा अनुमानित लागतमा करिव ३० प्रतिशत बढ्ने अनुमान गरिएको छ ।


निर्माण कार्यलाई स्थानिय युवाहरूले समेत आवश्यक सहयोग गरिरहेको पर्वत धाइरिङका युवा सुवास आर्चायले बताए । ‘आफ्नो क्षेत्रमा हुन लागेको कालोपत्रेले स्थानियबासिन्दालाई नै सघाउने भएकाले यसलाई छिटो सम्पन्न गर्न हामीले सहयोग गरिरहेका छौ ‘ आर्चायले भने । अहिले र्सवसाधारणले१३ किलोमिटरको यात्रा गरेबापट १ सय रुपैया तिर्ने गरेका छन् ।
सडकखण्ड अन्तरगत मालढुङ्गादेखि बेनीसम्मको कालोपत्रे हुने भएपछि म्याग्दीर्,पर्वत र मुस्ताङ जिल्लाका बासिन्दालाई सहज आवतजावतमा सुविधा हुने भएको छ । सडक विभागले जिम्मा लिएपछि हालै मात्र सडक मर्मतका लागि राखिएको ढाँट हटाइएको छ । कालोपत्रे समयमै सम्पन्न भएमा धौलागिरि अञ्चलको पर्यटनका साथै स्थानिय उत्पादनलाई समेत बजारीकरण गर्न निकै सहयोग मिल्ने अपेक्षा लिइएको छ

No comments:

Post a Comment

games online