व्यावसायीक रुपमा सुन्तला खेती गरेर लाखौ आम्दानी गर्न सफल


यहाँको एक दुर्गम गाविसका पुरै बासीन्दाहरुले सुन्तला खेतीमा निर्भर हुन थलोका छन् उत्तरी पर्वतको वाँर्सखर्क गाविसका ९ वटै वडाका वासीन्दाले व्यावसायीक रुपमा सुन्तला खेती गरेर लाखौ आम्दानी गर्न सफल भएका हुन् । गुणस्तरीय सुन्तलाका लागि पश्चिमाञ्चल क्षेत्रमै ख्याती कमाएको बाँर्सखर्कका ७० प्रतिशत घरधुरीले परम्परागत रुपमा व्यावसायीक सुन्तला खेती गर्दै आएका हुन् । गाविसका कुल दुइ सय ६० घरधुरी मध्ये झण्डै दुइसय परिवारको प्रमुख बाली नै सुन्तला खेती बनेको छ । गाविसका १ देखि ९ सम्मको वडा समुदायबासीहरुले सुन्तलाखेतीलाई प्रमुख खेतीका रुपमा अंगाल्दै आएका हुन् ।
उत्तरतर्फमोहोडा फर्केको वाँर्सखर्कमा वाषिर्क २ करोड बराबरको सुन्तला उथ्त्पादन हुने गरेको छ । अन्य भन्दा सुन्तलाको उत्पादन आकर्ष भएपछि धान, कोदो र गहुँ जस्ता बालीनाली लगाउन छाडेर सुन्तला खेती गर्न लागेका हुन् । अहिले उक्त गाविसका प्रत्येक घरमा ३० देखि ५ सय बोट सम्म रहेका छन् । प्रत्येकले १ देखि १४ लाख सम्म आम्दानी गर्दै आएका वाँर्सखर्क सुन्तला उत्पादक समुहका संयोजक याम गर्बुजाले बताए । उनी भन्छन् धान मकै लगाए ३ महिना भन्दा खान पुग्दैन सोही जग्गामा सुन्तला लगाए वर्षरीलाई खान लगाउनका साथै मनग्गे आम्दानी समेत गर्न सकिन्छ ।’
स्थानी कृषक थमन वहादुर पुर्जाका अनुसार सुन्तला खेतीवाट बाषिर्क २ लाख आम्दानी हुने गरेकेा बताए । उनले धान, कोदो लगाउँदै आएको जग्ग्ामा यो वर्षथप २ सय बोट लगाउने सोच बनाएका छन् । सुन्तला नै हाम्रो प्रमुख बाली हो उनले भने भौगोलीक हिसावले अन्नवाली कम उव्जाउ हुने भएपछि सुन्तलाले नै बर्षरीको खर्च धानेको छ । गाउँका सवै सुन्तला उत्पादकहरुलाई व्यावसायिक बनाएर यो पेशालाई व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।
अर्का कृषक चन्द्रवहादुर गर्बुजाले यो वर्षसुन्तला विक्रि गरेर पाँच लाख आम्दानी गर्ने योजना रहेको बताए । उनले यो वर्षथप ३ सय ७५ वटा नयाँ विरुवा रोप्ने बताए । वाँर्सखर्कलाई सुन्तला गाउँको रुपमा परिचित गर्नका लागि पहल र प्रयास भैरकको छ गर्बुजाले भने-’सुन्तला नै प्रमुख खेती भएकोले यसलाई व्यवस्थित गर्ने योजनामा छौ ।’
पश्चिमाञ्चलमा नै ख्याती प्राप्त भएपनि उचित बजार प्रबर्द्धनको विकल्प अप्ानाउन नसकेको स्थानीय सुन्तला कृषकहरुको गुनासो छ । गाविसका सवै वार्डमा सुन्तला खेतीका लागि गतबर्षदेखि सिंचाई सुविधा उपलब्ध भएपछि गतबर्षो तुलनामा यस वर्षदोब्बर सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादीत सुन्तला पुसको अन्तिम सातादेखि विक्रि हुन थालेको छ । पोखरा, नारायणगढ, बाग्लुङ्ग, म्याग्दी र कुश्मावजारका कृषकहरु गाउँ पुगेर सुन्तला ठेक्का गरिसकेका छन् । अहिलेम्म ७५ प्रतिशत सुन्तला बुक भैसकेको कृषक थमनवहादुर पुर्जाले बताए । विक्रि नभएका सुन्तला प्रशोधन गरेर गाउँलेहरु अर्गानीक जुस र जाम बनाउने गरेका छन् । अन्य सुन्तला उत्पादन हुने क्षेत्रमा सुन्तलाका बोटहरु रित्तिइसकेका बेला यहा“का कृषकहरुले भने फागुन/चैत्र सम्म रुपमा नै रहने गरी सुन्तला बोटमा नै राखेको स्थानीय कृषक यामबहाजुर पुर्जाले बताए । ‘अन्य स्थानहरुमा लामो समय नटिप्दा झर्ने र कुहिने भएपनि यस ठाउ“मा सुन्तला नझर्ने भएकाले लामो समय सम्म राख्ने गरेका हौ उनले भने ‘सुन्तला नझर्नु बा“र्सखर्कका सुन्तलाको विशेषता नै हो, पछि सम्म राखेर मुल्य धेरै पार्ने गरेका छौ ।’
बा“र्सखर्क गाविसमा झण्डै १० हजार भन्दा बढी सुन्तलाका बोटहरुमा फल लागेका छन् भने अझै १० हजार बोट फल लाग्ने बेलाका भैसकेका छन् । सुन्तला व्यावसायीहरुलाई प्रोत्साहन दिन बेलाबखत आवश्यक तालिम तथा विभिन्न उपकरणहरु प्रदान गरिदै आएको बरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनालले बताए । जिल्लाकै सुन्तला उत्पादन हुने मुख्य क्षेत्र र यहाँका अधिकांश कृषकको मुख्य पेशा नै सुन्तला भएकाले यसको व्यावसायिकरणमा लागि परेको उनले बताए ।

No comments:

Post a Comment

games online