लुलु जातको गाई पालनतर्फआकर्सित


म्याग्दी,माघ १४  पहाडी तथा तर्राईका केहि जिल्लाहरूमा स्थानीय गाई पालन तर्फो मोह कम भैरहेको बेला हिमालपारीको जिल्ला मुस्ताङका किसानहरू भने त्यहाँको स्थानीय लुलु जातको गाई पालनतर्फआकर्सित हुन थालेका छन् ।
कम लगानीमा पनि धेरै आम्दानी गर्न सकिने भएपछि स्थानिय लुलुगाई पालन तर्फआँफुहरूको आकर्षा बढेको किसानहरूले बताएका छन् । सानो शारिरिक बनोट हुने भएकाले पाल्न सजिलो भएपछि कृषकको यसतर्फआकर्षा बढेको हो ।
चरनकै भरमा बाच्ने लुलुगाई मुस्ताङका केहि मरुभुमी जस्तै भुभागमा कम चरन क्षेत्र, आहारा र जस्तोसुकै कठिन परिस्थितमा पनि बाँच्न सक्ने भएकाले यो जातको गाईपालनतर्फकृषकहरू आकषर्ीत भएका हुन् । सामान्य हेरबिचार गर्ने हो भनेपनि यसले दिनमा तीन चार लिटर सम्म दूध दिने किसानहरूले बताएका छन् ।
मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, लोमान्थाङ, छोसेर, छोन्हुप, चराङ, धमी लगायतका गाविसका बासिन्दा यसतर्फआकषर्ीत भएका हुन् । चरण क्षेत्रको अभाव भएपनि सडक लगाएतका आसपासका क्षेत्रमा स्थानियबासिन्दाले छोड्ने गरेकोले यसको हेरचाहमा त्यती समय दिनु नपर्ने मुक्तिनाथकि स्थानीय किसान याममायाँ गुरुङले बताइन् ।
प्रति गाईको मूल्य चार देखि आठ हजार रुपैया सम्म रहेको उक्त जातको गाई हिमाली क्षेत्रमा मात्र पाल्न सकिने जिल्ला पशुसेवा कार्यालय जोमसोमका प्रमुख डा. गुरुप्रसाद खकुरेलले बताए । उच्च हिमाली क्षेत्रमा दूध उत्पादनका हिसावले अन्य जातका पशुपालन गर्न सकिँदैन । महिनौ सम्म पनि चिसो ठाउँमा बस्न सक्ने भएकाले हिमाली आँफुहरूले दुधका लागि लुलु पाल्ने गरेको स्थानीय किसान मीना शेरचनले बताइन् 

No comments:

Post a Comment

games online