पछाडी रहेका क्षेत्रहरुको बिकास लागि सवैको हातेमालो आवश्यक

बागलुङ  माघ १४ । संबिधान सभाका सदस्य नरबहादुर पुन निरजले बागलुङको क्षेत्र न ३ बिकास निर्माणमा पछाडी परेको भन्दै बिकाशका लागि आफ्नो पहल रहने बताउनुभएको छ । जिल्ला बिकास समिति बागलुङको आयोजनामा इलाका न १२ को इलाका गोष्ठीको आज बोङगादोभानमा उदघाटन गदै पुनले बिकासमा पछाडी रहेका क्षेत्रहरुको बिकास लागि सवैको हातेमालो आवश्यक रहेको पनि बताउनुभयेा । सो कार्यक्रममा जिल्ला बिकास समितिका पूर्व उपसभापती मोहनलाल शर्माएकिकृत नेकपा माओबादीका दोबबहादुर सिउठानीनेपाली काग्रेसका रबिन्द्र बुढाथोकीनेकपा एमालेका उद्धिम छन्त्यालराष्ट्रिय जनमोर्चाका तिलक पुननेकपा एकिकृतका यामबहादुर अर्गेजा लगायतले बोल्नुभएको थियो ।
जिल्ला बिकास समिति बागलुङका प्रेमप्रसाद सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा स्वागत बोङगादोभान गाविसका सचिब कर्णबहादुर कुवर र संचालन टेकबहादुर आरसीले गर्नुभएको थियो ।
सो कार्यक्रममा इलाका न १२ अन्र्तगत पर्ने ४ गाबिसका कि्रयाशिल राजनीतिक दलका प्रतिनिधी तथा गाबिस सचिबहरुको सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा स्थानिय राजनितीक दलहरु शिक्षा स्वास्थ्य यातायातखानेपानीकृषि लगायतका भाबि पुर्वाधार योजनाहरुमा छलफल गरि प्रतिबेदन प्रस्तुत गरेको बोङगादोभानबाट श्रीमान छन्तयालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

games online