पुलको फलेक उछिट्टिएर अवरुद्ध बेनी-मालढुङ्गा सडक सुचारु

पर्वत माघ १४ । पर्वतको नाङलीवाङ गाविसस्थीत लस्तीमा रहेको मोटरेवल पुलको फलेक उछिट्टिएर अवरुद्ध बनेको बेनी-मालढुङ्गा सडक बिहिबार सांझदेखि सुचारु भएको छ ।
बिहिबारै दिउसो करिव ३ बजे बस तर्नेक्रममा काठे पुलका फलेक उछिट्टिएपछि करिव चारघण्टा म्याग्दीको सदरमुकाममा आउने तथा सदरमुकामदेखि अन्यत्र जाने यातयाातका साधनहरु बाटैमा रोकिएका थिए ।
बिएन कन्स्ट्रक्सन प्रालिका सन्चालक नारायण जिसीले करिव आठ हजार बराबरका काठका फलेक सहयोगस्वरुप पुलका लागि उपलव्ध गराएपछि स्थानीय युवा र यातायात व्यवसायीसमेतको सहयोगमा पुल मर्मतपछि यातयातका साधन चल्नथालेका हुन् ।
सांझ करिव पौने सात बजेबाट सडक सुचारु भएपछि करिव दुइसय यातायातका साधन र तिनमा रहेका यात्रुहरु गन्तव्यतिर लागेको बिएन कन्स्ट्रक्सनका सन्चालक तथा उक्त सडकको कालोपत्रेको जिम्मा लिएका युवा नारायण जिसीले बताए ।

No comments:

Post a Comment

games online