कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई छमछमी नचाए


पर्वत, कास्की र स्याङजा जिल्लाको संगममा पर्ने पञ्चासेको प्रचार प्रसार तथा पर्यटकीय विकासका लागि आर्थर डाडाखर्क महोत्सव संचालन भएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई छमछमी नचाएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिस्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपाने लगायतका कलाकारहरुको महोत्सवमा उपस्थिति रहेको छ । त्यस्तै लोक गायक ज्योती लोहोनी, तारानाथ आचार्य, शंकर विरही गुरुङ्ग, लक्ष्मी नेपाली तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहेको छ । त्यस्तै पोखरेली धुरमुस र माग्नेबुढाको हास्यव्यङ्गयात्मक प्रस्तुतीले महोत्वको माहोल अझै तताएको छ ।
माघ १ गतेदेखि शुरु भएको महोत्सव ६ गतेसम्म संचालन हुने भएको छ । महोत्सवमा मनोरन्जनात्मक कार्यक्रमका साथै विभिन्न खेलकुद कार्यक्रम समेत संचालन भएका छन् । खासगरी आर्थर डाँडाखर्कको पर्यटकीय विकास गर्ने उद्धेश्यले आयोजित महोत्सवमा चौथो दिनसम्म १५ हजार भन्दा बढि दर्शकले अवलोकन गरेको र १० लाख भन्दा बढिको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा आउने पर्यटकहरुलाई स्थानीय रुपमै संचालनमा आएको होमस्टे सुविधा दिइएको छ ।
महोत्सववाट भएको आम्दानीले आर्थर डाँडाखर्क गाविसलाई जिल्लामै पहिलो पर्यटकीय गाउँ बनाउन, गाविसलाई खुल्ला दिशा मुक्त बनाउने र प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसार एवं प्रवर्द्धन गरिने महोत्सवका संयोजक मनोज गुरुङ्गले जानाकारी दिनुभयो । महोत्सवमा सोचेभन्दा बढि सफलता देखिएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

games online