पुल मर्मत नहुदाँ विगत ४ बर्षदेखि प्रयोगमा आउन सकेको छैन


पर्वत जिल्लाको बार्सखर्क गाविस जोड्ने पुरानो भोलुङ्गे पुल मर्मत सम्भारको अभावमा बन्द भएको छ ।
दुइ जिल्लाको दुर्गम क्षेत्रका बासिन्दालाई सहज रुपमा आवतजावत गर्ने ब्यवस्था मिलाउन २०३० सालमा स्थापना गरिएको पुल मर्मत नहुदाँ विगत ४ बर्षदेखि प्रयोगमा आउन सकेको छैन ।
पुल मर्मतका लागि बारम्बार आग्रह गर्दा समेत मर्मत तर्फचासो नदेखाएकाले दुइ राम्चेका साथै पर्वतको बार्सखर्क,सालिजा,मल्लाज लगाएतका बासिन्दाहरू समस्यामा परेको राम्चेका स्थानियबासिन्दा प्रेमबहादुर पुर्जाले बताए ।
पुर्जाले भने,’ बार्सखकबाट भुरूङ तातोपानी,दाना,राम्चे लगाएतका गाविसमा जान समस्या भइरहेको छ ।’ दैनिक ३० जना भन्दा बढि पुलको प्रयोग गर्ने गरेको भएपनि अहिले भने सवैले खोलाको प्रयोग गरि गन्तब्यमा जाने गरिएको उनले बताए ।
नेपाल सरकारले हालै पर्वतको दुइ र म्याग्दीको सात गाविसलाई समेटेर घोषणा गरेको ६० किलोमिटरको पदर्माग अन्तरगत घुमाउनेतालर्-पर्वतको बाँर्सखर्क-डाँडाकरेटी-नागी-महरेडाँडा-डाँडाखर्क-हिस्तान-घराम्दी-खिवाङ-स्ववता-खोप्रा हुदै नारच्याङवेशी सम्मको करिव नौ दिनको पदर्मागमा आउने पर्यटकलाई समेत सुविधा हुने भएकाले पुलको तत्काल मर्मत गर्न स्थानियबासिन्दाले माग गरेका छन् ।
स्थानिय पुलको मर्मतका लागि जिविसमा बजेट भएपनि कुनैपनि जानकारी नआएको म्याग्दीका स्थानिय विकास अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए । उनले भने,’ गाउँ परिषदमा स्थानियस्तरबाट पारित गरिएमा सजिलो हुन्छ ।’ जिल्लाका विभिन्न क्षेत्रमा रहेका पुल समेत मर्मत भएको भन्दै उनले यसलाई प्रथामिकतामा राखेर काम गर्ने बताए । यस क्षेत्र हुदै बार्सखकको सुन्तलामन साथै कृषिजन्य पर्दाथहरू समेत निर्यात हुने गरेको छ ।

No comments:

Post a Comment

games online