अझैसम्म ब्याज तिर्न दुर्गम गाउँलेहरु बाध्य


पर्वत माघ ६  । विगत एक दशक अघि गाउँमा यातायातको सुविधा पुर् याउन लाखौ रुपैया ऋण खोजेर खनिएको सडकको अझैसम्म ब्याज तिर्न दुर्गम गाउँलेहरु बाध्य छन् । उत्तरी पर्वतको वाँसखर्क गाविसका वासीन्दाले २०५५ सालमा लालपुर्जा र पेन्सनपट्टा राखेर ऋण निकालेर सडक निर्माणमा गरेका थिए ।
माझफाँट गाविस स्थित कोटथरदेखि बाँसखर्क गाविस- ५ स्थित तल्लोगाउँसम्मको करिव ६ किलोमिटर सडक १० लाख रुपैयाको लागतमा निर्माण गरेका थिए ।
गाउँ विकास समिति जिल्ला विकास समिति लगायत कुनैपनि निकायवाट आर्थिक सहयोग नपाएपछि आफै ऋण हालेर गाउँलेले उक्त सडक निर्माण गरेका हुन् । २०५४ सालमा पेन्सनपट्टा र लालपुर्जा राखेर २ लाख ५० हजार रुपैया ऋण बैंकवाट निकालेर हालियो सडक निर्माण समितिका संयोजक चन्दबहादुर गर्बुजाले भन्नुभयो-’अहिले सम्म सोही ऋणको ब्याज तिर्दातिर्दै हैरान परेको छु ।’
सो सडकका लागि स्थानीयवासीहरुले २० हजार देखि २ लाख ५० हजार सम्म ऋण खोजेर हालेका छन् । सडक निर्माण भएर सुविधा पाएपनि एक दशकदेखि वार्षिक २४ प्रतिशत व्याजको मारमा परेको गर्बुजाले बताउनुभयो । स्थानीय विकास अधिकारी विभिन्न दलका नेताहरु र सांसदले पटक पटक गाउँमा आउँदा सडकको लागि खर्च भएको रकम छुट्टाइदिने आश्वासन दिने गरेपनि अहिलेसम्म कुनै निकायवाट सहयोग नपाएको गुनासो उनीहरुको छ ।

No comments:

Post a Comment

games online