दैनिक जसो विना जानाकारी घण्टौ विद्युत कटौती हुन थालेपछि धौलागिरीका व्यावसायीहरुले लोडसेढिङ्ग नगर्न आग्रह गरेका छन् ।
दैनिक जसो घण्टौको लोडसेडिङ्ग हुन थालेपछि व्यावसाय चौपट हुन थालेपछि पर्वत, बाग्लुङ्ग र म्याग्दीका व्यावसायीले माग गरेका हुन् । वुधवार धौलागिरी अञ्चलका तीन जिल्लाका व्यावसायीहरु मोदीखोला जलविद्युत केन्द्रमा डेलीगेशन गई जथाभावी बिद्युत कटौती नगर्न आग्रह गरेका हुन् ।
दैनिक जसो घण्टौको लोडसेडिङ्ग हुन थालेपछि व्यावसाय चौपट हुन थालेपछि पर्वत, बाग्लुङ्ग र म्याग्दीका व्यावसायीले माग गरेका हुन् । वुधवार धौलागिरी अञ्चलका तीन जिल्लाका व्यावसायीहरु मोदीखोला जलविद्युत केन्द्रमा डेलीगेशन गई जथाभावी बिद्युत कटौती नगर्न आग्रह गरेका हुन् ।
जुनसुकै बेला विद्युत जाँदा उद्योग कलकारखाना संचालन गर्न कठिनाई भएको भन्दै प्रभावीत क्षेत्रका उद्योगी व्यावसायीलाई जानाकारी गराएर मात्र लोडसेडिङ्ग गर्न आग्रह गरेका हुन् । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष र्सुयप्रसाद मस्रानी, बाग्लुङ्ग उद्योग बाणिज्य संघका पदाधिकारीहरु र संचार्रर्मीमहरुको टोलीले लोड सेडिङ्ग भए निश्चित समयमा गर्न र अन्यत्र लापरवाही नगर्न आग्रह गरेका थिए ।
मोदीखोला जलविद्युत केन्द्रका प्रमुख कृष्णप्रसाद यादवले लोडसेडिङ्ग नभै टेक्नीकल समस्या भएको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणले नियमीत रुपमा रेखदेख नगर्दा समस्या सिर्जना भएको भन्दै सम्झौता भएअनुसार प्रभावित क्षेत्रका वासीन्दाहरुलाई कुनै समयमा पनि लोड सेडिङ्ग नभएको बताउनुभयो । प्राधिकरणका कर्मचारीको लापरवाहीले समस्या सिर्जना भएको हो उहाँले भन्नुभयो ।
विगत तीन दिन देखी धौलागिरी अञ्चलका तीन जिल्लामा लगातार रुपमा विद्युत कटौती हुँदै आएको थियो । तीन/तीन दिनसम्म विद्युत नआएपछि व्यावसायीहरु आजित परेर डेलीगेशन जान वाध्य भएका थिए । लोडसेडिङ्ग हो या हैन भन्ने यकिन गरेर मात्र विद्युत कटौती गर्नुपर्ने पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठले जानाकारी दिनुभयो । स्थानीय श्रोतको उपभोग प्रभावित क्षेत्रकै जनताले गर्न पाउनुपर्ने भन्दै धौलागिरी क्षेत्रमा जतिखेर सुकै विद्युत प्रशारण गर्न उनीहरुले माग गरेका थिए |
साभार गरिएको
लक्ष्मी प्रसाद सापकोटा
No comments:
Post a Comment