फागुन ३ गतेदेखि तिलाहारमा महायज्ञ !

पर्वत माघ १३  । पर्वतको ग्रामीण क्षेत्रमा संचालित क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि महायज्ञ संचालन गरिने भएको छ । पर्वत जिल्लाको तिलाहार गाविसमा संचालित नवजागृत बहुमुखी क्याम्पसमा स्नातक तह संचालनका लागि फागुन ३ गतेदेखि ९ गतेसम्म महायज्ञ गरिने भएको हो ।
विगत चार वर्षंदेखि संचालनमा आएको सो क्याम्पस अहिलेसम्म विद्यार्थी भर्ना र गाउँ बिकास समितिको आर्थिक सहयोगमा संचालन हुँदै आएकोमा प्राविधिक शिक्षा र भौतिक पूर्वाधार विकास गरिने भएको छ । अहिलेसम्म शिक्षा संकायमा मात्र पढाई हुँदै आएको क्याम्प्ासमा मानविकी व्यवस्थापन विज्ञान प्राविधिक संकाय तथा स्नातकोत्तर तह संचालन गरिने जनाईएको छ ।
एक साता सम्म संचालन हुने महायज्ञमा २ करोड संकलन गर्ने लक्ष्य लिइएको छ । महायज्ञमा पण्डित दिनवन्धु पोख्रेलले कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । महायज्ञ संचालन र व्यवस्थापनका लागि २० लाख खर्च हुने जनाइएको छ ।
उक्त क्षेत्रका एक दर्जन भन्दा बढी गाविस तथा छिमेकी जिल्ला कास्कीका तीन गाविसका विद्यार्थीहरुले पठन पाठन गर्दै आएको क्याम्पसलाई स्तोन्नती गर्ने र प्रविधियुक्त शिक्षाको विकास गर्ने मुख्य उद्देश्य रहेको महायज्ञ आयोजक समितिका संयोजक लोकेन्द्रजंग लामिछानेले जानाकारी दिनुभएको छ ।
महायज्ञको ८५ प्रतिशत काम पुरा भैसकेको छ । अहिले आयोजक समितिले छिमेकी गाविसहरुमा आयोजक समिति निर्माणका लागि घरदैलो अभियान संचालन गरिरहेको छ । अहिलेसम्म दुई हजार पाँच सय रुपैया तिरेर १ हजार ८ सय भन्दा बढि आयोजक सदस्य बनिसकेका छन् भने आयोजक सदस्य मात्रै ४ हजार पुर् याउने अभियानमा लागेको संयोजक लामिछानेले जानाकारी दिनुभएको छ ।
आर्थिक संकलनका लागि छुट्टाछुट्टै समुह बनाएर छिमेकी गाविस बाजुङ्ग देउपुर चुक चित्रे दुर्लुङ्ग पकुवा राम्जा देउराली क्याङ साथै छिमेकी जिल्ला कास्कीका दाङसिङ घान्द्रुक सल्यान लुम्लेमा घरदैलो अभियान गरिरहेका छन् । यसैविच आयोजक समितिले बुधबार कुश्मा वजारमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य लक्ष्य र तयारीका बारेमा जानाकारी दिएको छ ।

No comments:

Post a Comment

games online