सरकारी विद्यालयहरुले अंग्रेजी माध्यममा पढाउन थाले

पर्वत माघ १३  । शिक्षामा गुणस्तर नहुँदा विद्यार्थीको संख्या कम हुँदै गएको बेला सरकारी विद्यालयहरुले पनि अंग्रेजी माध्यममा पढाउन थालेका छन् । पर्वतको देउपुर गाबिसमा रहेको जननेत्र उच्च माबिले सामुदायिक विद्यालय तर्फ वढी भन्दा वढी विद्यार्थीहरुलाई आकर्षित गर्न प्राथमिक र निम्न माध्यामिक तहमा अंग्रेजी माध्यममा पढाउन शुरु गरेको हो ।
चालु शैक्षिक सत्र देखि एकै पटक कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यममा पढाउन शुरु गरेको छ । अंग्रेजी माध्यममा पढाई शुरु गरिएपछि बिद्यार्थीहरुको संख्या बढ्दै जान थालेको र अभिभाबकमा समेत सामुदायिक बिद्यालय प्रति बिश्वास जाग्न थालेको प्राचार्य दुर्गाप्रसाद पौडेलले बताउनुभयो ।
एकैपटक अंग्रेजीमा पढ्दा बिद्यार्थीलाई असजिलो भएको छ तर अभिभाबक भने गाउँको बिद्यालयमा छोराछोरीलाई निशुल्क अंग्रेजी पढाउन पाएपछि खुसी भएका छन् । ‘अभिभाबकहरुमा यसले सकारात्मक प्रभाब पारेको छ ।’ उहाँले भन्नुभयो- ‘अब माध्यामिक तह सम्म यसलाई बिस्तार गर्ने योजना बनाएका छौ ।’
तल्लो कक्षाका बिद्यार्थी बोडिङ्गमा जान थालेपछि पर्वतका धेरै सरकारी सामुदायिक बिद्यालयहरुले पनि गुणस्तरीय शिक्षा दिन भन्दै अंग्रेजी माध्यममा अध्यापन गराउन शुरु गरेका छन ।शहरबजारमा मात्रै होइन गाउँ गाउँमा समेत बोडिङ्र्ग स्कुल खुल्न थालेपछि सरकारी बिद्यालयमा बिद्यार्थीको संख्यामा कमी हुन थालेको छ ।
जननेत्र माबिमा पनि अंग्रेजी माध्यममा पढाउन थालेपछि धेरै बिद्यार्थीहरु बिद्यालयमा नै पढन थालेका छन । अहिले साढे ५ सय बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयले जनाएको छ ।
बिद्यालयले अंग्रेजी माध्यममा पढाउन थालेपछि केही समस्या समेत आउन थालेका छन । निम्न माध्यामिक तहमा पढाउने शिक्षकहरुलाई केही सजिलो भएपनि प्राथमिक तहमा भने शिक्षक अंग्रेजी माध्यमबाट पढाउन केही कठिनाई भएको प्राचार्य पौडेल बताउनुहुन्छ ।

No comments:

Post a Comment

games online