शालघारीको माटो विक्री गरेर आफ्नो आम्दानीको गतीलो श्रोत

म्याग्दी माघ १५ । आम्दानीको श्रोत के भन्दा सवैलाई लाग्न सक्छ उद्योग ब्यापार या त कुनै घरजग्गाको कारोवार । तर म्याग्दीको रत्नेचौर गाविस २ मा पर्ने शालघारी गाउमा बसोबास गर्ने विपन्न दलित समुदायले भने यी कुनै काम नगरी माटो विक्री गरेर आफ्नो आम्दानीको  गतीलो श्रोत  बनाएका छन् ।
सालघारीमा रहेको रातोमाटोलाई त्यहाका बासिन्दाले आफ्नो प्रमुख आयस्रोत बनाएका हुन् । शालघारीमा बसोबास गर्ने १५ परिवार विपन्न घर पोत्नका लागि प्रयोग हुने रातोमाटो निकालि गाउगाउमा पुर् याएर विकि्र गरी आफ्नो दैनिक गुजारा चलाउने गरेका छन् ।
घरनजिकै रहेको रातोमाटो निकाल्ने र म्याग्दी बागलुङ तथा पर्वतको विभिन्न्ा ठाउँमा लगि बिक्री गरी भएको आम्दानीले जिविकोपार्जन गर्दै आएको स्थानिय शंकर बिकले बताए ।
रातोमाटो खानीमा १५ रुपैया प्रतिपाथी माटो किनेर विभिन्न ठाउमा पुर् याई ५० देखी १ सय रुपैया प्रतिपाथीका दरले बिक्री गर्ने गरेको स्थानीयबासी बताउछन् ।
बजारमा भएका तथा ग्रामीण भेगका कच्ची घर पोत्नको लागि प्रयोग हुने रातोमाटो बजारमा पुर् याउन सक्ने हो माटो खोसाखोस रुपमा विकि्र हुने बटाउछीन शान्ति नेपाली । रातोमाटो विक्रीबाट विगत १३ वर्षदेखि आफ्नो जिवीका धान्दै आएकी शान्ति कमाईखाने जग्गा जमिन छैन् माटोको व्यापारबाट जिविकोपार्जन गर्दै आएको बताउछीन् ।
म्याग्दीको रत्नेचौर घरपोत्ने रात्ााेमाटोले प्रसिद्ध बन्दै गएको वताईन्छ । यहाको माटो धौलागिरि अाचलका विभिन्न स्थानका साथै राजधानी पोखरा चितवन लगायतका ठाउँमा पनि निर्यात हुन थालेको छ । म्याग्दीमा जनसंख्याको हिसाबले दोस्रो स्थानमा पर्ने दलीतहरु अधिकांस गरीब छन् । उनीहरु मजदुरी तथा अन्य यस्तै माटो व्यापार तथा नागी राम्चे लगाएतका गाउबाट आलु बेनी सम्म ल्याएर विकि्र गरी जीवीका चलाउने गरेका छन् ।
जिल्लाको लुलाङ्ग गाविसका दलीतहरु भने अहिले पछिल्लो समयमा बैदेशिक रोजगारीले जिवन स्तरमा परिवर्तन ल्याएका छन् । लुलाङ्गका अधिकांस दलीत परिवार बैदेशिक रोजगारीमा गएका छन् ।

No comments:

Post a Comment

games online