काठको कच्ची मोटरेबल पुल जीर्ण हुँदा दुर्घटना बढ्दै

पर्वत माघ १५ । पर्वत जिल्लाको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनीबजार जोड्ने मालढुंगा-बेनी सडकमा पर्ने पर्वतको नाग्लीवाङ वडा न ९ फसे्र स्थित काठको कच्ची मोटरेबल पुल जीर्ण हुँदा दुर्घटना बढ्दै गएका छन् । सडक कालोपत्रे गर्न थालिएपनि कच्चीपुलमा बढीभार भएका मालबहाक ट्रकहरु चलाउँदा दुर्घटना भैरहेको छ । पुल मर्मत समेत नगरिएकाले दिनमा दुई÷चार वटा दुर्घटना हुँदै आएको स्थानियबासी बिकास जिसीले बताउनुभयो । पर्वतको मालढुंगादेखि बेनीसम्मको सडकमा तीन ठाउमा काठको पुलबाट बर्षौदेखि सवारीसाधन आवतजावत हुदै आएका छन् ।
फल्याक राखेर निर्माण गरिएको पुलमा बिहिबार दिउसो तीन बजे ना १ ख ४५१७ नम्बरको ट्रकको टायर अड्केपछि सडक अबरुद्ध भएको थियो ।
लामो समयपछि डोजरको सहायताबाट ट्रकको टायर निकालेर सडक सुचारु गरिएको हो । सडक कालोपत्रेको काम सुरु भएपनि काठेपुल राखिएको ठाउमा पक्कीपुल निर्माणमा कुनैपनि निकायले चासो नदेखाएपछि समय-समयमा उक्त पुलमा दुर्घटना हुदै आएको छ ।
पुलसंगै जोडिएको एक चिया पसल साचालन गर्दै आउनुभएका विकास बिसीले काठको कच्ची पुलका कारण दैनिक जसो सवारी दुर्घटना हुदै आएको बताउनुभयो । ुअहिलेसम्म ठुलो मानविय क्षति त भएको छैन तर यस काठको पुलमा ठुलो दुर्घटना हुने सम्भावना छु विसीले भन्नुभयो-ुबुधबार पनि एक मोटरसाइकल चालक पुलमा लड्नुभएको थियो । उक्त पुलमा मोटरसाइकल दुर्घटना भएका अवस्थीले पनि ठुलै दुर्घटना हुने सम्भावना बढेर गएको बताउनुभयो ।

No comments:

Post a Comment

games online