म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा अनेरास्ववियू कमिटि गठन

म्याग्दी माघ १५ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा आफ्नो प्रारम्भिक कमिटि गठन गरेको छ । कक्षा १२ को व्यवस्थापन संकायमा सन्दीप थापाको अध्यक्षतामा ४२ सदस्यीय प्राक गठन गरेको अनेरास्ववियुका जिल्ला सदस्य तथा स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस सदस्य तेजेन्द्र बानियाँले बताएका छन् । प्राकको उपाध्यक्षमा महेन्द्र चोखाल सचिव सजनी मल्ल सहसचिव सन्तोष पुन र कोषाध्यक्षमा रमेश कार्की रहेका छन् ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा स्ववियु सभापति भीमबहादुर क्षत्री अनेरास्ववियुका जिल्ला अध्यक्ष भगवान चोखाल तेजेन्द्र बानियाँ सरोज सिके लगाएतले मन्तव्य राखेका थिए ।
यसैवीच म्याग्दी बहुमुखी क्याम्पस बेनी र त्रिभुवन विश्वविद्यालय काठमाण्डौलाई सम्पर्कमा राखी राख्नको लागि सम्पर्क समिति गठन भएको छ ।
त्रिवि म्याग्दी सम्पर्क मन्च त्रिविवि काठमाण्डौका अध्यक्ष कर्णबहादुर खत्रीको उपश्थितिमा सन्तोष गौतमको अध्यक्षतामा सम्पर्क समिति गठन भएको हो । समितिको उपाध्यक्षमा प्रेमकुमारी छन्त्याल सचिव भरत रकाल सहसचिव युवराज सुवेदी कोषाध्यक्ष सुसील केसी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा साहित विश्वकर्मा देवेन्द्र पौडेल अलिसा श्रेष्ठ रहेका छन् । दुइ सदस्यको पदपुर्ती समितिको बैठकले गर्ने जनाइएको छ ।
सम्पर्क समितिले म्याग्दीका विद्यार्थीहरु विच पुलको काम गर्ने समितिले जनाएको छ ।

No comments:

Post a Comment

games online