मेनपावर कम्पनीहरुको कारोबार रोक्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले निर्देशन

म्याग्दी माघ १४ । नेपाल सरकार बैदेशिक रोजगार तथा यातायात मन्त्रालयको बैदेशिक रोजगार ऐन बिपरित कारोबार गरेको भन्दै बिभिन्न मेनपावर कम्पनीहरुको कारोबार गर्दै आएका म्याग्दीका एजेण्टहरुको कारोबार बिहिबारदेखि रोक्न जिल्ला प्रहरी कार्यालय म्याग्दीले निर्देशन दिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीमा बैदेशिक रोजगार कम्पनीको नाममा कारोबार गर्दै आएका चार शाखा तथा सम्पर्क कार्यालयका सम्वन्धित व्यक्ति र सन्चारकर्मीहरुका बिच बिहिबार यस्तो जानकारी दिएको हो ।
गृह मन्त्रालय अन्तर्गत क्षेत्रीय प्रशासन कार्यालय पोखराको गत पुष २५ गतेको पत्रअनुसार जिल्लामा बैदेशिक रोजगारको कारोबार गरिरहेका मेनपावर कम्पनीका एजेण्टहरुले अबैध कारोबार गरेको आसंकामा बिहिबार नै जिल्ला प्रहरी कार्यालयमा उपश्थित गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रारम्भिक अनुसन्धान अनुसार जिल्लामा रहेका कुनैपनि मेनपावर कम्पनीहरुले बैदेशिक रोजगार ऐन अनुसारको कारोबार नगरेको पाइएकोले बिहिबारदेखि नै सम्पुर्ण कारोबार रोक्का गर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक नवराज भट्टले बताए ।
काठमाडौम प्रधान कार्यालय रहेको र जिल्लामा शाखा कार्यालयका रुपमा मान्यता पाएको भन्दै कारोबारमा रहेको कान्तिपुर ओभरसिजले विगत चार वर्षदेखि अबैध कारोबार गर्दै आएकोले उक्त कार्यालय बिहिबारदेखि नै बन्द गर्न निर्देशन दिइएको पनि प्रनाउ भट्टले बताए ।
सदरमुकाममा रहेका चार कम्पनीमध्ये व्लु स्काई धौलागिरि र रिभरसाइड ओभरसिजका सम्पर्क कार्यालयहरुको भने बैधानिक प्रकृया अगाडी बढेकोले उक्त प्रकृया पुरा नहुने समयसम्मका लागि मात्र कारोबार रोक्का गर्न निर्देशन दिइएको प्रहरीले बताएको छ । प्रहरीको आदेश बिपरित कारोबार गरेको पाइएमा बैदेशिक रोजगार ऐन अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइने प्रनाउ भट्टले सन्चारकर्मीहरुलाई बताए ।
   

No comments:

Post a Comment

games online