सिगाना बागलुङको ५७ औं वार्षिकोत्सव

सिगाना माध्यमिक विद्यालय सिगाना बागलुङको ५७ औं वार्षिकोत्सवको तेस्रेा दिन आइतवार विविध कार्यक्रम सम्पन्न भएका छन् ।
शुक्रवारदेखि शुरु भएको वार्षिकोत्सव अन्तर्गत आज कविता प्रतियोगिता नृत्य प्रतियोगिता गायन प्रतियोगिता चुटकिला प्रतियोगिता र हास्य व्यंग्य प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
आज साचालन भएका प्रतियोगिताहरुको नतिजा भोली सार्वजनिक गरिने विद्यालयले जनाएको छ ।
वार्षिकोत्सवको मुख्य समारोह भोली हुने बताईएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य अमरबहादुर कार्कीको अध्यक्षता र शिक्षक भुपेन्द्र कार्कीको साचालनमा भएको सिगानाबाट बुद्धिबिनायक कार्कीले बताउनुभयो ।

No comments:

Post a Comment

games online