लाखौको धनमाल लुटपाट

पर्वत,पर्वत जिल्लाको माझफाँट गाविस-३ वारीबेनीमा डेरा गरी बस्ने एक महिलाको डेराबाट गएराती लाखौको धनमाल लुटपाट भएको छ । ५० वर्षिया मतिसरा पुनको डेरावाट १० तोला सुन र ६० हजार नगद लुटिएको हो ।
सँधैजसो डेरामा आएर बस्ने गरेका व्यक्तिले नै धनमाल लुटेर लगेको प्रमाणित भएको छ । कोशी अन्चल विराटनगर १३ का हर्कबहादुर गुरुङले पर्वत जिल्लाकै फलेवास भन्ने स्थानमा घर भएको बताउँदै बेलाबखत महिलाको शरणमा पर्दै आएका थिए । गएराति सँगै मदिरा सेवन गरे पनि राती १० बजेपछि सुतीरहेको अवस्थामा धनमाल लुटिएको हो । गुरुङले मदिरामा केमिकल मिश्रण गरी महिलालाई खुवाएर बेहोस बनाई धनमाल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । पीडित महिलाले आफुले बेलुका १० बजेसम्मको अवस्था थाहा भएको र तत्पश्चात् कुनै पत्तो नपाएको प्रहरी समक्ष बताएकी छिन् ।

No comments:

Post a Comment

games online