भेटिएको मानव कंकाल डिएनए परिक्षणका लागि काठमाडौमा

बागलुङको धम्जा ७ भारपोकमा मलखाद व्यवस्थापन गर्ने क्रममा बिहिवार भेटिएको मानव कंकाल आईतवार डिएनए परिक्षणका लागि केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोगशाला काठमाडौमा पठाइएको छ । स्थानिय टकंप्रसाद कंडेलले गत बिहिबार मलखाद बनाउदै गर्दा ढुङ्गाले च्यापेर राखेको अवस्थामा भेटिएको मानव ककांल आज स्थानियबासी प्रहरी र पत्रकारको रोहबरमा उत्खनन गरी १ सय २० वटा हाड डिएनए परिक्षणका लागि काठमाडौ पठाइएको प्रहरी कार्यालयले जनाएको छ । डिएनए परिक्षणको १५ दिन भित्रमा यथार्थ जानकारी आउने बताईएको छ । हाल भेटिएको मानव कंकाल सगैं पशुका हाडहरु समेत देखिएकाले भ्रम सिर्जना गर्न पशुका हाडहरु राखिएको हुन सक्ने स्थानियबासीको अनुमान छ ।
सोही स्थानकी नन्दकली कंडेल २०५१ साल पुस १७ गते देखी अहिले सम्म सम्र्पक बिहिन भएकाले उनको कसैले हत्या गरी गाडेको हुन सक्ने स्थानियबासीले अनुमान गरेका छन् । कडेलका श्रीमान छमलाल कडेल सोही आरोपमा ६ महिना सम्म जेल समेत परेका थिए । हाल भैरहवा बसाई सरेका कान्छी श्रीमती अनकली कंडेलले श्रीमानको पेन्शनको बिषयलाई लिएर दुवै जना मिली हत्या गरेको उक्त समयमा आरोप लगाइएको थियो । प्रमाण केही फेला नपरेपछि छमलाललाई प्रहरीले रिहा गरेको थियो ।

No comments:

Post a Comment

games online