पर्वत माघ ७ । हिउँदको समयमा खानेपानीको हाहाकार परेर काकाकुल बन्ने
गरेका पर्वतको शंकरपोखरीका वासीन्दाहरुले वर्षादको पानी संकलन गरेर हिउँदको
समयमा प्रयोग गर्न घर घरमा घैटा निर्माण गरेका छन् ।
शंकरपोखरीका वडा नम्बर १ र ५ का सवै घरधुरीमा हिउँदका लागि पानी घैटा
निर्माण गरिएको हो । खानेपानी तथा सरसफाई विकास समिति कोषको आर्थिक तथा
ग्रामीण सचेतन समाज पर्वतको सहकार्यमा गाविसका २ वटा वडामा १ सय ३२ वटा
घैँटा निर्माण भएका छन् ।
हिउँदका तीन महिना चैत वैशाख जेठमा काकाकुल बन्ने गरेका स्थानियबासीलाई
पानी लिन घण्टौ लगाएर कुवा तथा खोलामा जानुपर्ने बाध्यता भएपछि घैटा
निर्माण गरेर पानी संकलन गर्न थालिएको हो ।
खानेपानी तथा सरसफाई विकास कोषको २२ लाख ४२ हजार शङ्करपोखरी गाविस र
स्थानियबासीको २ लाख ९० हजार रुपैयाँको लागतमा घँैटा निमार्ण गरिएपछि
पानीको समस्याबाट राहत पाइने महसुस गरेको स्थानिय यज्ञप्रसाद पौडेलले
बताउनुभयो । घैटा निर्माण पछि गाउँलेले राहत महसुस गरेका छन् उहाँले
भन्नुभयो |
No comments:
Post a Comment