शैक्षिक गतिविधि संचालनका लागि ४८ करोड विनीयोजित

पर्वत माघ ७ । आर्थिक वर्ष २०६७।६८ का लागि पर्वत जिल्लाको शैक्षिक बजेट साढे ४८ करोड रहेको छ । वर्षभरी जिल्लाका सवै विद्यालयमा शैक्षिक गतिविधि संचालनका लागि ४८ करोड ६७ लाख १८ हजार ६ सय ९४ रुपैया विनीयोजित भएको हो । जसमा माद्यमिक तथा निम्न माद्यामिक तहमा तलव भत्तामा १२ करोड ५४ लाख ४ हजार ८ सय ९० प्राथमिक तहमा तलव भत्ता २१ करोड ५४ लाख ६३ हजार ९ सय ६० अनौपचारीक शिक्षा कार्यक्रमका लागि ७८ लाख २१ हजार ३ सय ४४ विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि १३ करोड ३३ लाख १२ हजार छुट्टाईएको छ । त्यस्तै गरी कार्यालय संचालन तर्फ ४७ लाख १६ हजार ५ सय विनियोजित गरिएको छ ।
गत वर्षदेखि शुरु भएको शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने भएको छ । यो वर्ष जिल्लाभरका सवै विद्यालयका भौतीक पूर्वाधार सुधारका लागि ५ करोड १ लाख ७० हजार विनीयोजन गरिएको छ । चालु आर्थिक वर्षमा २४ वटा विद्यालयमा नयाँ कक्षाकोठा निर्माणका लागि ३ लाख २५ हजारका दरले ७८ लाख रपैया विनीयोजित गरिएको छ । त्यस्तै विद्यालय भवन मर्मत शिक्षकलाई तालिम भर्ना अभियान लगायतका क्षेत्रमा छुट्टिएको बजेट बिहीवार एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।

No comments:

Post a Comment

games online