म्याग्दी माघ ७ । कुनै समय घर खर्च चलाउनका लागि पनि छिमेकी गाउँमा ऋण
खोज्न जाने नारच्याङ गाविसका महिलाहरुले सामुहिक बाख्रापालन व्यावसाय गर्न
थालेपछि अहिले गाउँका महिलाहरु आत्मनिर्भर बन्नुका साथै करडौ रुपियाँ
गाउँमा भित्रिने गरेको छ ।
केहि समय अगाडी चुलो र चौकोमा मात्र व्यस्त हुने नारच्याङ गाउँका महिलाहरु
यतिबेला उन्नत जातका बाख्रापालन गरी लाखौ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
केही वर्षअघि घरयासी खर्चको लागि अन्य गाउँमा निर्भर हुने नारच्याङ गाउँ
अहिले वार्षिक करडौ मूल्य बराबरको खसिबोका निर्यात गरेर महिला कृषकहरुले
मनग्य आम्दानी गर्न थालेका छन् । महिलाहरु बाख्रापालन व्यावसाय तर्फ अग्रसर
भएपछि नारच्याङ गाउँका महिलाहरु आत्मनिर्भर हुनुका साथै उनीहरुको
जिवनशैलीमा सकरात्मक परिवर्तन हुन थालेको छ । महिलाहरुकै सिको गरेर यहाँका
पुरुषहरु पनि बाख्रापालन व्यावसाय तर्फ अग्रसर हुन थालेका छन् ।
No comments:
Post a Comment