म्याग्दी जिप तथा यातायात व्यवसायी समिति मजदुरले पर्यटनवर्षसफल पार्ने अभियान

म्याग्दी, १२ माघ
पर्यटनवर्ष२०११ लाई लक्षित गरेर म्याग्दी जिप तथा यातायात व्यवसायी समितिमा आवद्ध करिव डेढसय मजदुरले पर्यटनवर्षसफल पार्ने अभियान थाल्ने भएका छन् ।
समितिमा आवद्ध करिव डेढसय यातायातका साधनमा यात्रा गर्ने आन्तरिक तथा बाहृय पर्यटकहरूलाई गाडीमा यात्रा गर्ने अवधिभर जिल्लाका प्रमुख पर्यटकिय गन्तव्यहरूका बारेमा जानकारी गराइनुका साथै सडक आसपासमा रहेका क्षेत्रमा यातायातका साधन रोकेर भ्रमण गराउने व्यवस्था समेत गरिने बताइएको छ ।
म्याग्दीका मजदुर एक होऔं पर्यटनवर्षसफल पारौं भन्ने नाराका साथ म्याग्दी यातायात मजदुर मञ्चले सोमबारदेखि मंगलबारसम्म आयोजना गरेको पर्यटनयात्रुमैत्रि तथा ट्राफिक नियम प्रशिक्षणपछि म्याग्दीका यातायात मजदुरहरूले यस्तो अभियान थाल्ने बताएका हुन् ।
मुलुककै प्रमुख पर्यटकिय जिल्लाहरूमध्ये पर्ने म्याग्दीमा विश्वप्रसिद्ध धौलागिरि राउण्ड, अन्नपर्ुण्ा संरक्षण क्षेत्र, संसारकै गहिरो अन्धगल्छी, तातोपानीकुण्डहरू, रुप्से झरना, पुनहिल लगायतका दर्जनौ पर्यटकिय क्षेत्र रहेकोले तिनको भ्रमणमा आउने पर्यटकलाई गाडी चालकहरूले नै मैत्रिपर्ुण्ा व्यवहार गर्नुपर्नेमा तालिममा जोड दिइएको थियो ।
यातायात मजदुरले थालेको अभियानअर्न्तर्गत म्याग्दी जिल्लाभित्र रहेका अन्धगल्छी, सिङ्गा तथा भुरुङ तातोपानी कुण्ड, रुप्से झरना, भुपी शेरचनको गाउँ, गलेश्वर, लगायतका क्षेत्रमा यातायातका साधन रोकेर पर्यटकलाई ति क्षेत्रका बारेमा जानकारी गराउनुका साथै पर्यटकले चाहेमा ति क्षेत्रको भ्रमणको व्यवस्था समेत गरिने योजना रहेको म्याग्दी यातायात मजदुर मञ्चका अध्यक्ष मोहन केसीले बताए ।
सरकारले दशलाख पर्यटक भित्रयाउने लक्ष्य राखेर पनि म्याग्दीजस्तो पर्यटकिय क्षेत्रमा उत्साह नदेखाएकोले आँफुहरूले सामुहिक रुपमा यस्तो अभियान थालिएको मजदुर मञ्चका सचिव प्रविण शाहीले बताए ।
दुइदिन सम्म चलेको तालिममा म्याग्दी जिप तथा यातायात व्यवसायी संघमा आवद्ध एकसय २० जना गाडी चालकलाई यातायातका साधन पर्यटनमैत्रि बनाउन अनुरोध गरिएको थियो ।
तालिममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले पर्यटनमैत्रि यातायात, प्रहरी नायव उपरिक्षक नवराज भट्टले सुरक्षा, सुविधा र सम्मान, डा. लालबहादुर मल्लले प्राथमिक उपचार, अधिवक्ता ठहरबहादुर भण्डारीले दर्ुघटना र कानुनी अवस्था, प्रहरी नायव निरिक्षक खुमानशिंह काफ्लेले ट्राफिक नियम, नेपाल यातायात व्यवसाय राष्ट्रिय महाँसंघका धौलागिरि अञ्चल संयोजक सुरत केसीले यातायात व्यवसायीका सम्भावना, चुनौती र बिमा लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा धौलागिरि यातायात व्यवसायी समितिका सचिव उमेश केसी, म्याग्दी ट्याक्सी व्यवसायी समितिका अध्यक्ष बिनोद केसी, म्याग्दी जिप तथा बस सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टचन लगायतले यातायात व्यवसायीका समस्या र चुनौतिका बारेमा जानकारी गराएका थिए ।

No comments:

Post a Comment

games online