धाईरीङ गाविसका किसानहरुको मूख्य आयस्रोत तरकारीखेती

धाईरीङ गाविसका किसानहरुले तरकारीखेतीलाई मूख्य आयस्रोत बनाएका छन् । धाइरिङ गाउँमा बसोबास गर्ने करिब चारसय घर परिवारले तरकारी खेतीलाई गाउँको प्रमुख आयस्रोत बनाएका हुन् । गाउँका अधिकांश किसानहरुले आफ्नो खेतबारीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् ।
यहाँका किसानहरले परम्परागत कृषि प्रणालीलाई विस्थापीत गरी २० वर्षदेखि आधुनिक तवरले व्यवसायीक तरकारी खेति गर्दै आएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरुको आर्थिक अवस्थामा सकरात्मक परिबर्तन आएको छ । मौसमी तथा बेमौसमी तरकारी खेतीबाट अहिले गाउँमा बार्षीक तिनकरोड भन्दा बढीको तरकारी उत्पादन हुने गरेको किसानहरु बताउछन् ।
देशका अधिकांश गाउँको आम्दानी बिदेशबाट भित्र्ने रेमिट्यान्समा निर्भर हुने क्रम बढीरहेका समयमा तरकारीखेतीबाट गाउँका आर्थिक परिवर्तन गर्न पाउँदा कृषकहरु उत्साहीत छन् । गहुँ र मकै जस्ता हिउँदेबाली लगाउन छाडेका कृषकले करिब एक हजार रोपनी जमिनमा फैलीएको पर्वत धाइरिङ सल्यानको फाँटमा आलु बन्दा काउली गोलभेँडा काँक्रो फसर्ी लगायत तरकारी उत्पादन गरेका छन् ।

No comments:

Post a Comment

games online