पर्वतको दक्षिणमा रहेको फलेवासमा संचालन गरिएको आँखा शिविरमा तीन सय जना

पर्वत माघ १७ । पर्वतको दक्षिणमा रहेको गाउँमा संचालन गरिएको आँखा शिविरमा तीन सय जनाले उपचार गराएका छन् । लायन्स क्लव अफ शिवालय पर्वतले पर्वत जिल्लाको फलेवासमा आयोजना गरेको निःशुल्क शिविरमा उक्त क्षेत्रका तीन सय ६ विरामीले परिक्षण गराएका हुन् । जस मध्ये १५ जना मोती विन्दुका विरामी भेटिएका छन् । मोती विन्दुका बिरामीहरुलाई निःशुल्क शल्यकि्रयाका लागि आगामी मंगलवार हिमालयन आँखा अस्पताल पोखरामा पठाईने भएको छ । आर्थिक अभावका कारण वर्षौदेखि आँखाको रोग पालेर बसेका दुर्गम गाउँका बिरामीहरु लाभान्वित भएका छन् । शिविमा देविस्थान मुडिकुवा खानीगाउँ कुर्घा पाङराङ लिमीठाना तथा छिमेकी जिल्ला बाग्लुङ्गका अर्जेवा छिस्ती लगायत आधादर्जन गाविसका विरामीहरुको सहभागिता थियो ।
गाउँलेहरुलाई घरगाउँमै सेवा पुर् याउने उद्देश्यले दुर्गम गाउँमा शिविर संचालन गरिएको लायन्स क्लव अफ शिवालयका अध्यक्ष बसन्तकुमार कर्माचार्यले बताउनुभयो । यस अघि भएको उद्घाटन कार्यक्रममा लायन्स क्लव अफ ३ सय २५ बी का सल्लाहाकार युक्त प्रसाद श्रेष्ठले लायन्सले असहाय विपन्न र पिछडीएका क्षेत्रका वासीन्दाहरुलाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग पुर् याउँदै आएकेा बताउनुभयो ।
कार्यक्रममा एनआरएनका कार्य समिति सदस्य अर्जुन कुमार प्रधान प्याव्सन पर्वतका अध्यक्ष हिमवहादुर पौडेल जनता मावि देवीस्थानका प्रअ गोपालप्रसाद श्रेष्ठ लायन्स क्लवका पूर्व अध्यक्ष लेखनाथ उपाध्याय काशीकुमार जोशी लगायतले बोल्नुभएको थियो ।
लायन्स क्लव अफ शिवालयका अध्यक्ष बसन्तकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत लायन वसन्तकुमार जोशी र संचालन सचिव विषमकुमार श्रेष्ठले गर्नुभएको थियो ।
सो अवसरमा नीजि विद्यालयहरुको छाता संगठन प्याव्सन पर्वतले स्थानीय जनता माविलाई एक थान कम्प्युटर र हाल वेल्जीयममा वस्दै आएको पूर्व विद्यार्थी अर्जुनकुमार प्रधानले एक थान पि्रन्टर प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment

games online