धम्जा गाविस का स्थानीय वासीका लागि एचआइभी एड्स तालिम

बागलुङ माघ १७ । बागलुङ जिल्लाको धम्जा गाविस वडा नम्बर २ मा स्थानीय वासीका लागि एचआइभी एड्स र यौनरोग सम्बन्धी आधारभूत अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
एचआइभी एड्स र यौन रोगका बारेमा जानकारी गराउने उदेश्यले आइएनएफ पालुवाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
स्थानीय ३० जनाको सहभागिता रहेको तालिममा पालुवाका सामुदायिक सहजकर्ता योगमाया पुनले सहजीकरण गर्नु भएको थियो ।
तालिममा एचआइभी एड्स र यौन रोग सर्ने तरिका रोकथामका उपायहरु यौन रोगको प्रकार र उपचार विधि लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रम स्थानीय सहजकर्ता शान्ति रानाको संयोजकत्वमा सम्पन्न भएको धम्जाबाट सहकर्मी बाबुराम भण्डारीले जनाउनु भएको छ ।
यसैगरी धम्जा गाविस वडा नम्बर ४ ५ ६ र ७ का स्थानीयवासीन्दाका लागि एचआइभी एड्स र यौनरोग सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
तालिममा आइएनएफ पालुवका योगमाया पुन र भूमा भण्डारीले सहजीकरण गर्नु भएको थियो ।

No comments:

Post a Comment

games online