कामदार अभाव समयमै काम सम्पन्न गर्न समस्या


म्याग्दी,माघ ५
जिल्लामा सञ्चालन भइरहेका विकास निर्माण सम्बन्धित कार्यमा कामदार अभाव हुने गरेकाले समयमै काम सम्पन्न गर्न समस्या हुने गरेको म्याग्दीका निर्माण ब्यवसायीले बताएका छन् ।
निर्माण ब्यवसायी समिति म्याग्दीले मंगलबार बेनीमा नब प्रवेशी निर्माण ब्यवसायीहरूको स्वागत तथा प्रशिक्षण कार्यक्रममा निर्माण कार्यमा आवश्यक पर्ने कामदारको अभावका कारण निर्माण सम्बन्धि कामलाई गुणस्तरिय बनाउन गाह्रो हुने गरेको भन्दै आवश्यक तालिम दिनुपर्ने उनिहरूले बताएका छन् । निर्माण ब्यवसायीहरूले मेसिनरी,आरसिसी,पिपिसी लगाएतका क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको उत्पादन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
निर्माण ब्यवसायीहरूले जिल्लामा हुने विभिन्न निर्माणका काम स्थानिय जनशक्तिको उत्पादन गर्न सकिएमा बेरोजगारको संख्या घटाउन सकिने भन्दै राज्यले दाहित्वबोध गर्नुपर्ने निर्माण ब्यवसाय समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।
जिल्लामा निर्माण हुन लागेका विद्युतका साथै सडकमा काम गर्ने कामदारलाई प्रोत्साहन गराउँन समय समयमा तालिमका साथै सुविधामा समेत बृद्धि गर्नुपर्ने जिसी क्रसर उद्योगका सञ्चालक नारायण जिसीले बताउनुभयो ।
निर्माण क्षेत्रमा काम गर्दा राजनैतिक दलको दवावले समेत काम प्रभाबित हुने गरेको भन्दै ब्यवसायीले यस्ता क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताएका थिए । सो कार्यक्रममा संस्थापक कोषाध्यक्ष लिला बानियाँ,पुर्व अध्यक्ष एगेन्द्र रावल, तालिमका प्रशिक्षक रविन्द्र तन्दुलकार, दिनेश कुमार घिमिरे लगाएत निर्माण क्षेत्रमा आवद्ध करिव ४० नव प्रवेशी निर्माण ब्यवसायीलाई स्वागत गरिएको थियो 

No comments:

Post a Comment

games online