कालिका माध्यामिक विद्यालय खुर्कोट-६ पर्वतको ५६ औ वार्षिकोत्सव

पर्वत माघ १७ । कालिका माध्यामिक विद्यालय खुर्कोट-६ पर्वतको ५६ औ वार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोह सहित विद्यालयमा नवनिर्मित २ कोठे भवनको उद्घाटन गदैृ पर्वतका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले विद्यार्थीहरुमाथि उत्तरदायी भएर शिक्षाको अभिवृद्धिका लागि अगाडि बढ्न शिक्षक अभिभावकलाई आग्रह गर्नु भएको थियो ।
उहाँले विद्यालयलाई उच्च मावि बनाउनतर्फ लाग्न शिक्षक अभिभावकलाई आग्रह गर्दै त्यसका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि शेषराज रेग्मी विद्यालयका पूर्व प्रधानाध्यापक काशीराम पोखरेल विद्यालय व्यवस्थापन समितिका सदस्य गुप्तनिधि शर्मा गाविस सचिव तिर्थप्रसाद शर्मा हिमालय उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष सुर्यकान्त शर्मा प्राचार्य माधवप्रसाद रेग्मी न्वार सुवेदीथर माविका प्रधानाध्यापक देवीप्रसाद रेग्मी अभिभावक भीमबहादुर दर्जी विद्यार्थीहरु अनुमाया शर्मा आशिष पौडेल माया परियार र शुसिला परियारले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान पुर् याउने अनन्तनाथ पौड्याल भीमबहादुर रेग्मी भोजबहादुर क्षेत्री स्वर्गीय मोतीलाल शर्माको परिवार र लालुृ दर्जीलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम शर्माले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सप्ताहव्यापी रुपमा साचालन भएको विभिन्न प्रतियोगितामा विजयी समुहलाई पुरस्कार वितरण गरिएको थियो ।

No comments:

Post a Comment

games online