आदीवासी जनजाति महासघं भकुण्डेको माघे संक्रान्ती मेला शनिवार सम्पन्न


बागलुङ माघ २ । बागलुङको भकुण्डे गाविसमा आदीवासी जनजाति महासघं गाउ समन्वय परिषद र गाउँ खेलकूद विकास समिति भकुण्डेको संयुक्त आयोजना सचालित २ दिने माघे संक्रान्ती मेला शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष तेजेन्द्र थापा मगरले राज्यको पुनसंरचना अनुसार जातीय क्षेत्रीय र लैंगिक विभेदको अन्त्य गरी राज्य साचालन पद्धती समावेशी हुनु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा विशिष्ट अतिथि कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख कोष नियन्त्रक नेत्र सुवेदीले कुनै पनि प्रकारको विभेद नगरी समतामुलक समाज निर्माणका लागि सबै जातजाती र धर्म संस्कृतिका जनताको सकि्रयता आवश्यक रहेको बताएका थिए ।
मेलाका अवसरमा आयोजित वडा स्तरीय भलिवल प्रतियोगितामा वडा नम्बर ५ ए समुह प्रथम र वडा नम्बर ३ द्वितिय भएका थिए ।
यसैगरी निजी विद्यालयतर्फ विशिष्ठ श्रेणीमा एसएलसी उत्तिर्ण हुने चार जना सरकारी विद्यालयतर्फ प्रथम श्रेणीमा उत्तिर्ण हुने ६ जनालाई र शिक्षा क्षेत्रको विशेष योगदान पुर् याउने दिलबहादुर शेर्वुजालाई सम्मान गरिएको थियो ।
सो अवसरमा आयोजित खुल्ला नृत्य प्रतियोगितामा उषा थापा प्रथम नन्दकली थापा द्वितिय तथा सहिना थापाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

No comments:

Post a Comment

games online