पर्यटकीय आकर्षणका केन्द्रहरुमा नयाँ पदमार्ग खोल्ने क्रम


पर्यटन वर्ष २०११ शुरु भैरहँदा पर्यटकीय आकर्षणका केन्द्रहरुमा नयाँ पदमार्ग खोल्ने क्रम समेत बढेको छ ।
यसै क्रममा पर्वतमा नयाँ खोलिएको पदमार्गमा सामुदायिक रेष्टुरेन्ट संचालनमा आएको छ । जिल्लाको वासखर्क गाविसमा पर्यटकका लागि रेष्टुरेन्ट संचालन गर्ने तयारी भैरहेको हेा ।
छिमेकी जिल्ला म्याग्दीको गलेश्वरवाट पर्वतको वाँसखर्क हुँदै फलामेडाडा नागी मोहोरेडाँडा हुँदै पुनहिल पुग्ने नेचर ट्रयाक खोलीएपछि सामुदायिक रेष्टुरेन्ट खोल्न थालिएको हो ।
म्याग्दीको गलेश्वरवाट शुरु भएको यात्रा वाँसखर्क गाविस वडा नं। ५ स्थिति तल्लो गाउँमा पुगेर वास बस्नका लागि सहज हुने भएकाले लज निर्माण गर्न थालिएको हो ।
एक दिनमा वाँसखर्क दोस्रो दिनमा लेखफाँट गाविसस्थित फलामेडाँडा तेस्रो दिनमा म्याग्दीको नागी चौथो दिनमा पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा रहेको मोहोरेडाँडा र पाँचौ दिन पुनहिल पुग्न सकिन्छ ।
रोमन म्यागासेसे पुरस्कार बिजेता महाविर पुनको अबधारणमा निर्माण गरिएको सो पदमार्गमा अहिले दैनिक दर्जनौको संख्यामा आन्तरीक तथा बाह्य पर्यटकहरु आउन थालेपछि लज निर्माण गर्न थालिएको हो ।
सामुदायिक रेष्टुरेन्ट लागि लघु उद्यम विकास कार्यक्रमवाट ७ लाख २ हजार रुपैया सहयोग गरेको वाँसखर्क ग्रामीण पर्यटन उद्यम व्यवस्थापन समितिका संयोजक याम गर्वुजाले बताए । एक पटकमा २० जनालाई खाना खुवाउन पुग्नेगरी तयार गरिएको छ ।

No comments:

Post a Comment

games online