शर्माको निधन प्रति शोक व्यक्त


बागलुङ माघ ५ । एकीकृत नेकपा माओवादी बागलुङले पार्टीका जिल्ला सल्लाहकार सदस्य गणेश शर्माको निधन प्रति शोक व्यक्त गरेको छ । एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी आजदले आज एक शोक वक्तव्य प्रकाशित गरी छिस्ती १ निवासी शर्माकोनिधन प्रति दुःख व्यक्त गर्दै शर्माको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
बक्तब्यमा शर्माको निधनले परिवार र आफन्तजनमा पर्न गएको शोक प्रति हार्दिक समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदलेर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।

No comments:

Post a Comment

games online