नेकपा एकिकृतको जनदबाब अभियान

पर्वत पुष २९ । राष्ट्रिय स्वाधिनताको रक्षा र थपिएको समयमा सार्थक संबिधान निर्माणका लागि साझा धारणा तयगरि एकभएर लाग्ने पर्वतमा कि्रयाशिल राजनीतिक दलले प्रतिबद्धता ब्यक्त गरेका छन । नेकपा एकिकृतको जनदबाब अभियान अन्र्तगत बुधवार पर्वतको सदरमुकाम कुस्मा बजारमा भएको अन्र्तकि्रया कार्यक्रममा प्रमुख दलका साथै अन्य साना दलहरुले राष्ट्रियता रक्षाका लागि एक ढिक्का भएर लाग्ने बताएका हुन ।
सो अवसरमा बोल्दै एकिकृतका पोलिटब्युरो सदस्य केबी गुरुङले दलहरु जनता र संबिधानप्रति उत्तरदायी नभएको आरोप लगाउनुभयो ।
नेकपा एकिकृत पर्वतका जिल्ला सचिब तेजेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य इन्द्र गुरुङ र संाचालन मगरात स्वासासित प्रदेशका सदस्य गुाजमान घर्तिमगरले गर्नुभएको थियो ।
सो अवसरमा जनचेतना सांस्कृतिक परिवारद्वारा जनवादी गीत र नृत्य प्रस्तुत गरेको थियो । बिहिबार पर्वतका पातिचौर डिमुवाआम्बोटमा एकिृकतले कोणसभा गर्ने जनाएको छ 

No comments:

Post a Comment

games online