परिश्रम गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण

पर्वत माघ १४ । पर्वतकी एक महिलाले आफ्नै देशमै बसेर परिश्रम गर्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहारण प्रस्तुत गरेकी छिन् । पर्वतको खौलालाकुरी गाबिस वडा नं १ की कमला शर्माले ब्यवसायिक रुपमा गरेको मौरिपालनबाट लाखौ रुपैयां आम्दानी गर्न सफल भएकी छिन् । गाउँमै वसेर पसिना बगाउन सके मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने कुरालाइ शर्माले सत्य साबित गरेकी छिन् ।
विगत तीन बर्ष अगाडि मौरी पालन ब्यबसाय सुरुवात गर्नु भएकी कमलाले अहिले मौरीको घार बिकि्र र मह बिकि्र बाट बार्षिक ५ लाख भन्दा धेरै आम्दानि गर्दै आएकी शर्माले बर्षमा ४ सय ५० किलो देखि ५ सय किलो ग्राम सम्म मह उत्पादन गरि एक किलोको ४ सयका दरले बिक्री गरिरहेकीछिन् । त्यस्तै तीन हजार ५ सयका दरले बर्षमा ८० घार मौरि बिक्री गर्दै आएको पनि शर्माले बताईन् ।

No comments:

Post a Comment

games online