Showing posts with label बाग्लुंग ताजा समाचार1. Show all posts
Showing posts with label बाग्लुंग ताजा समाचार1. Show all posts

शर्माको निधन प्रति शोक व्यक्त


बागलुङ माघ ५ । एकीकृत नेकपा माओवादी बागलुङले पार्टीका जिल्ला सल्लाहकार सदस्य गणेश शर्माको निधन प्रति शोक व्यक्त गरेको छ । एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी आजदले आज एक शोक वक्तव्य प्रकाशित गरी छिस्ती १ निवासी शर्माकोनिधन प्रति दुःख व्यक्त गर्दै शर्माको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
बक्तब्यमा शर्माको निधनले परिवार र आफन्तजनमा पर्न गएको शोक प्रति हार्दिक समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदलेर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ ।

मरेको खसी काट्दै गरेको बागलुङ बजारबाट पक्राउ


मरेको खसी काट्दै गरेको अवस्थामा बागलुङ बजारबाट हिजो  दिउसो पक्राउ परेका एक मासु व्यवसायी र उनका सहयोगी ३ हजार जरीवाना तिरेर छुटेका छन् ।  बागलुङ नगरपालिका-३ हल्लनचोक नजिकै रहेको निसान मासु पसलका सन्चालक ३४ वर्षीय रामप्रवेश चौधरी र सोही पसलमा काम गर्ने १७ बर्षिय सनम तामाङ आज जिल्ला प्रशासन कार्यालयमा ३ हजार जरिवाना तिरेर छुटेको कार्यालयले जनाएको छ ।


चौधरी र तामाङलाई मरेको भेडा काट्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला पशु सेवा कार्यालयमा पठाएको थियो । पशु सेवा कार्यालयले आवश्यक अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयमा पठाएपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले ३ हजार जरिवाना लिएर उनीहरुलाई छोडिएको प्रहरीले जनाएको छ 

games online