पर्वतका महिलाहरु विकास निर्माणमा सकि्रय

पर्वत माघ माघ १४ । विकासका दृष्टिले पछाडी परेको पर्वतको एक दुर्गम गाउँका महिलाहरु विकास निर्माणमा सकि्रय बनेका छन् । आर्थर डाँडाखर्क गाविसका महिलाहरु समुहमा आवद्ध भएर गाउँको विकास निर्माणमा लागेका हुन् । विगत १४ वर्ष अगाडि स्थापना भएको रामभक्त महिला समुहले गाउँमा सडक विद्यालय लगायत गाउँमा आवश्यक भौतीक समाग्री तथा आफ्नो भवन निर्माण गरेको हो ।
त्यतिमात्र हैन गाउँमा रहेका अपाङ्ग असहायलाई शिक्षा दिक्षा दिने आर्थिक अभाव भएका गर्भवती महिलाहरुलाई सहयोग गर्ने लगायतका काम गरेका छन् ।
महिलाहरुले विगत १० वर्ष अगाडि पहिलोपटक गाउँमा सडक विस्तार गरे त्यस्तै स्थानीय सरस्वती प्राविमा २ कोठे भवन निर्माण गरे भने गाउँमै संचालन हुन लागेको पाचकोशी माविलाई उच्च कक्षा संचालनका लागि ५० हजार रुपैया सहयोग गरेका हुन् ।
महिलाहरुले गाउँमा विवाह ब्रतवन्ध सभा समारोह तथा विभिन्न कार्यक्रम गर्नका लागि आवश्यक पर्ने सामुदायिक भवन समेत निर्माण गरेका छन् । गाउँमा हुने शुभकार्य र भोज भतेरका लागि आवश्यक पर्ने भाडाँकुडा समेत लाखौ रुपैया खर्चेर उपलव्ध गराएका छन् ।
गाउँमा देउसी भैलो खेलेर देश विदेशमा गएका लाहुरेको घरमा सालैजो गाएर वा आफ्नै खर्च कटाएर रकम संकलन गरि विकास निर्माणमा लगाएका हुन् । समुह गठन भैसकेपछि अहिलेसम्म १० लाख भन्दा बढि रकम जुटाएर गाउँको विकासका लागि खर्चेको रामभक्त आमा समुहकी संयोजक विवि गुरुङ्गले बताउनुभयो ।
महिलाहरुले आयोजना गरेकॊ काममा पुरुषहरुले पनि सहयोग पुर् याउँदै आएका छन् । मोटरवाटो मर्मत गाउँको सरसफाई सभा समारोहमा लगायतमा पुरुषहरुले पनि महिलाहरुलाई सहायता गर्ने गरेका छन् । अहिलेसम्म विद्युतीकरण हुन नसकेको उक्त गाविसका सवै घरमा महिलाहरुले मिनीसोलार तथा टुकीमारा वत्ती वितरण गरेका छन् ।

No comments:

Post a Comment

games online