म्याग्दी माघ २२ । उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गतको कक्षा ११ को पुरक परिक्षाका सम्पुर्ण कार्यक्रम म्याग्दीमा शान्तिपुर्ण भएका छन् । विहान ११ बजेदेखि शुरु भएको परिक्षामा कुनैपनि अपि्रय घटना नभएको परिक्षा केन्द्रले जनाएको छ । जिल्लाको एकमात्रै परिक्षाकेन्द्र प्रकाश उच्च माविमा ठिक ११ बजेबाटै परिक्षा शुरु भएको थियो ।
म्याग्दी र मुस्ताङका गरि कुल २६७ जना विद्यार्थी सहभागी रहेको परिक्षा म्याग्दीको सदरमुकाम बेनीबजारको प्रकाश उच्च माविमा सन्चालन भएको थियो ।
दुबै जिल्लामा गरि कुल १६ विषयको परिक्षा एकैसाथ सन्चालन गरिएको भएपनि विद्यालयको जनशक्ति परिचालन गरिएका कारण खासै समस्या नपरेको केन्द्राध्यक्ष दयासागर शर्माले बताए ।
यो वर्ष कक्षा ११ को नियमित परिक्षातर्फ कम्तिमा एक विषय अनुतिर्ण भएका विद्याथीलाई समावेश गरिएको थियो । केन्द्रका अनुसार मुस्ताङमा २४ र म्याग्दीमा २४३ जना विद्यार्थी परिक्षामा सहभागि छन् ।
यसैवीच कक्षा ११ को पुरक परिक्षा आफ्नै जिल्लामा दिन नपाउँदा मुस्ताङका विद्यार्थीहरुले आँफुहरु समस्यामा परेको बताएका छन् ।
जिल्लाभरिमा जम्मा २४ जना विद्यार्थी पुरक परिक्षामा सामेल हुन पाएको भएपनि जिल्लामा परिक्षा केन्द्र नहुँदा दुइ दिन लगाएर म्याग्दी आउनुपर्दा समस्या सृजना भएको विद्यार्थीहरुको गुनासो छ ।
उच्च माध्यमिक शिक्षा परिषदले मुस्ताङमा विद्यार्थी सङ्ख्या कम भएकोले म्याग्दी र मुस्ताङका विद्यार्थीहरुलाई म्याग्दीमै परिक्षा दिने व्यवस्था गरेको जनाएको छ ।
आफ्नो जिल्लामा परिक्षाकेन्द्र नहुँदा मुस्ताङदेखि म्याग्दी सम्म लामो यात्रा गरेर आउँदा पढेका कुराहरु पनि स्मरण गर्न नसक्दा अनुत्तिर्ण हुने डर भएको जनहित उच्च माविकी विद्यार्थी नरप्रसाद थकालीले बताए ।
त्यस्तै सोहि विद्यालयकी छात्रा ललिता हिराचनले पनि मुस्ताङबाट लामो यात्रा गरि कच्चि सडकमा म्याग्दी आएर परिक्षा दिनुभन्दा आँफुहरुलाई पोखरामा अनुकुल हुने भएकोले उच्च माध्यमिक शिक्षा परिषदले पोखरामै व्यवस्था गरिदिएमा अनुकुल हुने बताइन् ।
No comments:
Post a Comment