नयाँपुलदेखि काठमाडौ सम्म सिधै यातयात सेवा सुचारु

हाम्रो पर्बत हाम्रो गौरब
पर्वत माघ २ । नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०११ लाई मध्य नजर गर्दै नयाँ पर्वत र कास्कीको सिमानामा रहेको पर्यटकीय क्षेत्रको मुख्य नाका नयाँपुलदेखि काठमाडौ सम्म सिधै यातयात सेवा सुचारु भएको छ । 
पृथ्वी राजमार्ग बस व्यावसायी समितिले उक्त सेवा सुचारु गरेको हो । समितिले सफल यातयातको रात्री बस साचालनमा ल्याएको छ । उक्त स्थानबाट दैनिक एक दर्जन भन्दा आन्तरिक तथा बाह्य पर्यटकहरु ओहोर दोहार गर्ने गरेका छन् ।
सोही स्थानबाट शुरु हुने अन्नपुर्ण पदमार्ग अन्तर्गत कास्कीको घान्द्रुक घोडेपानी म्याग्दीको राम्चे गाविसमा अवस्थित मोहरेडाँडा पुनहिल लगायतका पर्यटकीय स्थलहरु दृश्यावलोकनका लागि पर्यटकहरु आउने गर्छन् ।
विशेष गरी पोखराका पर्यटन व्यावसायी मार्फत बैदेशिक पर्यटकहरु बढी मात्रामा आउने गरेको नयाँपुलका व्यावसायी विदुर पौडेलले जानकारी दिनुभयो 

No comments:

Post a Comment

games online