बागलुङ माघ २१ । नेकपा एकिकृतका केन्द्रिय महासचिव रामसिहं श्रीसले देशका ठुला दुई कम्युनिष्ट पार्टीले सर्वहारा बर्गिय राजनितिलाई तिलान्जली दिएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत बागलुङको दशौं जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै श्रीसले यस्तो आरोप लगाउनुभएको हो ।
उहाले आफुलाई ठुला कम्युनिष्ट पार्टी भन्ने एकिकृत नेकपा माओबादी र नेकपा एमालेले बर्गिय राजनितिलाई तिलााजली दिदै प्रतिकि्रयाबादीहरु सँग सम्झौता गरेको दाबी गर्नुभयो ।
कम्युनिष्ट आन्दोलन टुट् फुट्का कारण कमजोर बनिरहेको उल्लेख गर्दै अहिले देशमा क्रान्तिकारी कम्युनिष्ट पार्टि निर्माणको आवश्यकता रहेको र उक्त मार्गमा आफ्नो पार्टी नेकपा एकिकृत अगाडी बढेको बताउनुभयो ।
उहाले थप गरिएको समयमा संविधान निर्माण गर्नुपर्नेमा जोड दिदै संविधान सभामा बामहरुको बाहुल्यता रहेको अवस्थामा बाम गठबन्धनमा सरकार बन्नु सकरात्मक भएकाले बिहिबार भएको प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष खनाललाई समर्थन गरेको बताउनुभयो । उहाले खनालको नेतृत्वमा रहने सरकारको राम्रो कुराको समर्थन र खराब कुराको भण्डाफोर गर्ने उल्लेख गर्दै बर्ग सर्घष र व्यवहारको कसीमा सरकारको मापन गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एकिकृतका केन्द्रिय सदस्य तथा मगरात स्वशासित प्रदेशका इन्चार्ज चिरन पुन नेपाल आदीबासी जनजाति महासघं एकिकृतका केन्द्रिय उपाध्यक्ष निल बहादुर पुन लगायतले बोल्नुभएको थियो ।
उद्घाटन कार्यक्रम जिल्ला सचिव लाल बहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment