बागलुङको निरयघाट र पर्वतको खनियाघाट जोड्ने कालिगण्डकी नदीको पुल नजिकै अबैध रुपमा निकालिएको बालुवा बन्द गरिने भएको छ ।
जिल्ला बिकाश समिति बागलुङले आज जिल्ला प्रहरी कार्यालयलाई बालुवा निकाल्ने कार्य बन्द गर्न पत्र काटेको हो ।
पहिलो पटक बालुवा निकासीका बारेमा खबर प्रशारण गरेको थियो । बागलुङ नगरपालीकाको रामरेखा अर्न्तगत निरयघाटमा कालिगण्डकी नदिमाथिको पुललाई असर पर्ने जिल्ला बिकाश समिति बागलुङको अनुमति बिना बालुवा तथा ढुङगा गिटी निकाली निकासी गरिदै आएको छ ।
बिगत एक महिना अघिदेखी निरयघाटमा रहेको पुल नजिक दैनिक ३ देखी ४ ट्याक्टर बालुवा तथा गिटी निकासी हुँदै आएको थियो ।
डल्ले बोहोराले आफ्नो निजी जग्गाबाट बालुवा निकालिरहेको भएपनि बालुवा निकासीमा डोजर प्रयोग गरिएकोले पर्वतको नाग्लीबाङ र बागलुङ जोड्ने नजिकको पुललाई प्रत्यक्ष असर पर्ने देखिएको छ ।
बालुवा निकाल्दा भबिष्यमा पुललाई असर पर्ने देखिएकाले बन्द गर्न प्रहरीलाई खबर गरेको जिल्ला बिकाश समितिका राजस्व बिकाशका प्रमुख प्रेमप्रसाद सापकोटाले बताउनुभयो ।
नदि तथा निजी जग्गाबाट बालुवा तथा ढुङगा गिटी निकासी गर्नका लागि नजिकैका पुलहरुलाई असर नपर्ने गरि ५ सय मिटर परबाट मात्र निकाल्नुपर्ने नियम रहेको छ ।
जिल्ला बिकाश समिति बागलुङले भने सो क्षेत्रमा निजी जग्गामा पनि ढुङगा गिटी बालुवा निकासीका लागि अनुमति नदिएको जनाएको छ ।
No comments:
Post a Comment