म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँमा बलात्कार पछि हत्या गरिएका दुइ बालिकाको हत्यारा कृष्णबहादुर दमाईलाई जिल्ला अदालत म्याग्दीको आदेशमा पुवपक्षका लागि जेल चलान गरिएको छ ।
२०६६ जेठ २१ गते म्याग्दी रत्नेचौर गाविस स्थित अर्जम गाउँको जंगलमा ९ बर्षी सपना दर्जी र उनकी साथी १० बषियाँ दर्जी नेपालीलाई बलात्कार पछि हत्याका मुख्य दोषी दमाईलाई प्रहरीले स्थानियबासिन्दाको सुराकीका साथै हुलियाका आधारमा पक्राउ गरेको थियो ।
प्रहरीले निजलाई अनुसन्धानका लागि प्रहरीको हिरासतमा लिई अनुसन्धान गरेको भएपनि पछि जिल्ला अदालतले पुवपक्षका लागि जिल्ला कारागार पठाएको हो ।
पेशेवर अपराधी र दजनौ घटनामा संलग्न भएकाले प्रहरीले दमाईलाई र्सवस सहित जन्म कैदको माग गरेको प्रहरी नायव उपरिक्षक नवराज भट्टले बताउनुभयो ।
नेपालको कानुनमा जवरजस्ती करणी मुलुकी ऐन २०२० को महल अनुसार १० देखि १४ बर्षो उमेका बालिकालाई जवरजस्ती गर्नेलाई ८ देखि १२ बर्षम्म कैद हुने प्राबधान रहेको छ ।
No comments:
Post a Comment