टावर भवनको भाडाको रकम भ्रष्टाचार भएको स्थानीयवासीको गुनासो

बागलुङ माघ १९  । जिएसएम मोवाईल सेवाको लागि दुरसन्चार कार्यालय बागलुङले नरेठाटीको थानामा निर्माण गरेको टावर भवनको भाडाको रकम भ्रष्टाचार भएको स्थानीयवासीले बताएका छन् । पुरानो सम्झौता विपरित दुरसन्चारले तिर्ने टावर भवनको भाडा २ हजार ५ सय कर सहित जग्गाधनी इन्द्रमणि गैरेले बुभुदै आएको र गाविसमा जम्मा नभएकाले स्थानीयबासीले गुनासो गरेका हुन ।
३ वर्ष अगाडि स्थानीय इन्द्रमणि गैरेको जग्गामा १४ फिट लम्बाई र १४ फिट चौडाई भएको एक कोठे भवन निर्माण गरि टावर सन्चालनमा ल्याईएको थियो ।
जग्गा धनि गैरेले आफ्ना पुर्खौलीको ईज्जतको लागि भन्दै १३ गाविसको रोहवरमा तत्कालीन भवन निर्माण समितिलाई निशुल्क जग्गा प्रदान गरेको जनाइएको छ । सोही जग्गामा नरेठाटी गाविसको २ लाख सहयोग र स्थानीयबासीको जनश्रमदान बाट भवन निर्माण गरिएको समितिका सदस्य बुलबहादुर केसीले बताए ।
उनका अनुसार तत्कालीन समयमा दुरसन्चार कार्यालयले तिर्नुपर्ने भवन भाडा गाविसको नाममा जम्मा हुने सम्झौता गरी गाविसले रकम सहयोग गरेको र स्थानीयबासीले जनश्रमदान गरेका थिए ।
यता जग्गा धनी गैरेले भने पहिले जग्गा प्रदान गर्नेे बेला आफुलाई सोहि टावर भवन को कर्मचारी बनाईने भनिए पनि दुरसन्चारले आफुलाई कर्मचारीमा नियुक्ति नदिए पछि भाडा आफुले राखेको बताउछन् ।
मैले यहि टावर भवनमा काम गर्न पाउछु भनेर नै जग्गा दिएको हु गैरेले भने नत्र जग्गा दिने थिईन यसले गर्दा मेरो दुई वटा गराको खेती समेत मासिदै आएको छ ।
गरैले दुरसन्चारले आफुलाई कर्मचारीमा नियुक्ति नदिएसम्म भाडा आफुले बुझ्ने र पछि जागिर पाएपछि गाविसलाई बुझाउने गाविसमा सम्झौता भएको पनि स्पष्ट पारे ।
दुर सन्चार कार्यालय बागलुङले भने भाडा व्यक्तिको नाममा सम्झौता भएकाले गैरेलाई नै नियमित भाडा बुझाउदै आएको बताएको छ ।

No comments:

Post a Comment

games online