पर्वतको पकुवास्थित विरेन्द्र उच्च माविका प्रधानाध्यापकलाई झुटो आरोप

पर्वत माघ १९  । विद्यालयको आर्थिक मामिला तथा अन्य विभिन्न शैक्षिक गतिविधिमा अनियमितता गरेको भन्दै पर्वतको पकुवास्थित एक विद्यालयको व्यवस्थापन समितिले प्रधानाध्यापकलाई झुटो आरोप लगाएर पदीय जिम्मेवारीबाट हटाएको छ । पर्वतको पकुवा गाविसमा साचालित विरेन्द्र उच्च माविका प्रधानाध्यापक रुद्रबहादुर रिमाललाई आफ्नो भन्दा अरुको बाहुल्यता रहेको स्कूल को ब्यबस्थापन समितिले  पदच्युत गरेको हो । समितिको गत ११ असोजमा बसेको बैठकले रिमाललाई प्रधानाध्यापक पदबाट निलम्बित गरी गणेशराज पौडेललाई प्रधानध्यापकमा नियुक्ति गरिसकेको छ ।
यसै शैक्षिक सत्रबाट विद्यालयले उच्च मावि तह साचालन गरेको र प्रधानध्यापकको कार्यभार सम्हाल्दै आएका रिमाल ले पकुवा को बिद्यार्थी हरु को लागि धेरैनै संघर्ष गर्नुभएको उहाँका भुतपुर्ब बिद्यार्थी दिलिप खत्रीले बताउनुभएको छ |उहाँको  शैक्षिक योग्यताले समेत नभ्याएपछि नयाँ नियुक्ति गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष यदुनाथ शर्माले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

games online