पर्वत सदरमुकाममा ब्रोइलर कुखुराको अभाव

पर्वत माघ २२। जाडो बढेसंगै पर्वत सदरमुकाममा ब्रोइलर कुखुराको अभाव भएको छ । दुई सातादेखि आयतमा कमी आएपछि कुखुरकाको अभाव भएको हो । चितवन र काठमाडौंबाट ब्रोइलर कुखुराको आयत गर्दै आएका मासु व्यवसायी आयत हुन छाडेपछिसमस्यामा परेका छन् । ब्रोईलर कुखुराको आयत हुन छाडेपछि फ्रेस हाउस साचालक प्यारेन्ड र लियस्र कुखुराको मासु बिकि्र गर्न बाध्य भएका छन् ।
जाडोमा ब्रोईलर कुखुरा मर्ने भएकाले बजारमा यसको आयत कम हुने गरेको कुश्मा बजारका हिमाल फ्रेस हाउसका साचालक हिमाल केसीले बताउनुभयो । उहाँले बजारमा ब्रोईलर कुखुराको माग धेरै हुने गरेपनि कुखुरा नहुदा ग्राहकलाई रित्तो हात फर्काउने गरेको बताउनुभयो ।
बजारमा ब्रोईलर कुखुराको अभाव संगै मूल्यमा समेत बृद्धि भएको छ । ब्रोईलर कुखुराको मूल्य २ सय ५० रुपैंयाबाट बढेर २ सय ८५ रुपैंया पुगेको छ । प्यारेन्ड र लियस्र भने २ सय ५० रुपैंया किलोमा बिकि्र हुने गरेको छ ।
जाडोमा ब्रोईलर कुखुरा मर्ने भन्दै घाटा हुने डरले अन्यत्रबाट आयात हुन नसक्दा मासु बिक्रेता मारमा परेका हुन् ।
बजारमा ब्रोईलर कुखुराको मासु अभाव भएपछि होटल व्यवसायी समेत समस्यामा परेका छन् । बजारमा पहिलोपटक ब्रोईलर कुखुराको अभाव भएपछि सर्बसाधरण लियस्र र प्यारेन्डको मासु खान बाध्य भएका हुन् ।

No comments:

Post a Comment

games online