पर्वतको फलेवासका किशोरीहरुलाई १० दिने जीवनपयोगी सिप

पर्वत माघ १८ । यौन तथा प्रजनन्का बारेमा जानाकारी गराउने उद्देश्यले दुर्गम गाउँमा रहेका किशोरीहरुलाई यौन तथा प्रजनन् शिक्षा सम्वन्धी शिक्षा दिन थालिएको छ । समाजमा महिला िहंसा दिन प्रतिदिन बढ्दै गइरहेको छ । चेतनाको अभावमा महिलाहरु यौन तथा िहंसाको सिकार बनिरहेको अवस्थामा महिला बालबालिका विकास कार्यालयले पर्वतको फलेवासका किशोरीहरुलाई १० दिने जीवनपयोगी सिप दिन थालेको हो ।


महिलाहरुलाई यौनजन्य िहंसावाट मुक्त गराउन र समाजमा चेतना फैलाउनका लागि स्थानीय नवप्रतिभा महिला विकास बचत तथा ऋण सहकारी संस्थाको सयोजनमा ३१ जना किशोरीहरुलाई उक्त तालिम दिन थालिएको हो ।

केही समय पहिला विद्यालयमा शिक्षकले स्वास्थ्य शिक्षा पढाउँदा लजाउने विद्याथ्ार्ीहरु अहिले खुलेर यौनका बारेमा कुरा गर्न थालेका छन् । यौन अवस्था यौनाङ्ग महिला पुरुषको सम्वन्ध संवेदनशिल अंगहरु तथा पुरुषका कारण महिलाहरुमा हुने विभिन्न असुरक्षाका अवस्थाहरुका बारेमा तालिममार्फत शिक्षा लिएपछि उनीहरु अहिले खुलेर कुरा गर्ने भएका हुन् ।

जनता मावि कक्षा ८ मा पढ्दै गरेकी १६ वर्षिय सम्झना श्रेष्ठले भन्नुभयो-'पहिले यौनका तथा प्रजनन्का विषयमा सरले पढाउँदा हास्थ्यौ लाज लाग्थ्यो आजभोली साथीहरु र समाजमा गएर खुलेर कुरा गर्न सक्ने भएका छौ ।' १० दिन तालिम लिएपछि समाजमा जनचेतना फैलाउने काममा लाग्ने उहाँले बताउनुभयो । समाजमा विभिन्न कारणले पिडीत बनेकाहरुको उद्धारका लागि आफुले अभियान चलाउने श्रेष्ठले बताउनुभयो ।

उनी जस्तै कक्षा ९ मा अध्ययनरत अस्मिता शर्माले पनि अवदेखि निर्धक्क भएर समाजमा परेका कुराहरुलाई सामाना गर्न सक्ने भएको बताउनुभयो ।

दुर्गम गाउँमा वसोबास गर्ने महिलाहरुलाई विभिन्न िहंसा र विभेदको सिकार बन्न नपरोर भनेर जीवनपयोगी सिप दिलाउन थालिएको प्रशिक्षक उमा पौडेलले बताउनुभयो । उहाँले तालिम लिएपछि किशोरीहरुमा धेरै सकारात्मक परिवर्तन देखिएको बताउनुभयो ।

विद्यालय पढ्ने वा विद्यालय छाडेका विपन्न वर्गका किशोरीहरुलाई सिप सिकाउन र समाजमा आत्मनिर्भर बन्न सक्ने खालको तालिम दिने अभियानस्वरुप यस वर्ष फलेवासमा संचालन गरिएको महिला विकास अधिकृत हरीलक्ष्मी मानन्धरले बताउनुभयो ।

उहाँले किशोरीहरुलाई चरणवद्ध हरुमा अन्य विभिन्न सिपमुलक तालिम समेत दिन थालिएको बताउनुभयो । आर्थिक अभावका कारण विद्यालय छाडेकाहरुलाई पुन भर्ना गराउनका लागि एक।एक हजार सहयोग समेत गरिने मानन्धरले जानाकारी दिनुभयो ।

No comments:

Post a Comment

games online