कारलाई यहि माघ २४ गते त्रिभुवन बिश्वबिद्यालयमा सार्वजनिक गरिने छ भने फागुन १ र २ गते ह्वाइट हाउस कलेजमा आयोजना हुने हिमालयन साइन्स फेयर २०११ मा प्रदर्शन हुने बताइएको छ ।
‘इन्धनबाट भन्दा हावाबाट चल्ने कार वातावरणिय हिसाबले पनि भविष्यका लागि लाभदायी हुने’ उनले बताए ।

‘दिनमा करिव १५ घण्टा भन्दा बढि समय लगाएर नौ दिनमा आमा बावाको अघि कार परीक्षण गराएको हु ।’ कुशलले भने- ‘हावाले गुड्ने कार हुन्छ जस्तो लागेको थिएन चार पटकको प्रयासपछि सफल भएं ।’
नमुना कार निर्माण गर्न १८ हजार खर्च भएको र कार निर्माणका लागि कलेजले सहयोग गरेको उनले बताए । उक्त कार कार्टुन काठ प्लाष्टिक र लुगा सुकाउने तारको चक्काबाट बनाइएको छ । आफु अध्ययनरत कलेजको सहयोगमा बनाएको सो कारको नमुनालाइ कारको रुप दिएमा २ जनाले सजिलै यात्रा गर्न सकिने छ । ‘कुशल एयर कार’ नाम दिएको कारलाई सोलार कार भन्दा अझ सुन्दर र व्यवस्थित बनाउने उनको प्रयास रहने उनले बतए । कुशलले भने ुअव परिक्षा दिए पछि कारलाइ व्यवस्थित बनाउन लाग्ने छु ।’
No comments:
Post a Comment