परिवारका चारजना घाइते

म्याग्दी माघ २० । म्याग्दीको सिंगा गाविस वडा नंवर- ९ डाँडाखेतमा बुधबार राती एक व्यक्तिले खुकरी प्रहार गरि एकै परिवारका चारजनालाई घाइते बनाएका छन् । घाइते हुनेहरुमा डाँडाखेतका ३६ वर्षिय देबेन्द्र मल्ल, उनकी श्रीमती ३३ वर्षिया लालकुमारी मल्ल, ६० वर्षिया आमा मनकुमारी मल्ल र ५५ वर्षिया कान्छी आमा धनकुमारी मल्ल रहेका छन् । 
आफ्नै छिमेकी अन्दाजी ३६ वर्षिय गोरे खत्रीले बुधबार राती करिव नौ बजे सुतिरहेको अवस्थामा एक्कासी घरभित्र पसि सुतिरहेका देबेन्द्र मल्लमाथी अन्दाधुन्द खुकुरी प्रहार गर्दा उनको टाउको र हातमा गम्भिर चोट लागेको उनलाई बचाउन खोज्दा आमा श्रीमती तथा कान्छीआमालाई पनि खुकुरी प्रहार गरि घाइते बनाएको मल्लका भाई एकेन्द्र मल्लले बताए ।

हरेक समय संगै रहने आफ्नै साथीबाट एक्कासी खुकुरी प्रहार भएपछि सिङ्गाबासीहरु त्रसित भएका छन् । खत्री र मल्ल दुबैजना गाउँमा सधै सहकार्य गर्दैआएका र अहिलेसम्म कुनै रिसाइवी नभएको पनि मल्लका भाई एकेन्द्रले जानकारी दिए ।
शाहीलाई मार्ने नियतकै कारण आएको हुनुसक्ने अनुमान परिवारले गरेको छ । यद्यपी उनिहरुको व्यक्तिगत दुस्मनी थियो या थिएन भन्नेबारेमा आँफुहरु अहिलेसम्म अन्यौलमा नै रहेको मल्लकी घाइते आमा मनकुमारीले बताइन् ।
घाइतेहरुलाई सिङ्गामा रहेको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट गएको प्रहरी टोलीका साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दीको सहयोगमा जिल्ला अस्पतालमा ल्याई उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनापछि गोरे खत्री फरार छन् ।
घटनाका बारेमा थप अनुसन्धान र फरार रहेका खत्रीको खोजीका लागि स्थानीयबासीको सहयोगमा प्रहरी परिचालन गरिएको प्रहरी नाउव उपरिक्षक नवराज भट्टले बताए ।
बिहिबार मात्रै बैदेशिक रोजगारका लागि साउदी अरव जाने तयारी गरिरहेका गोरे खत्रीले आफ्नै छिमेकीमाथी एक्कासी खुकुरी प्रहार गर्नु निकै रहस्यमय रहेको स्थानीयबासीहरुले बताएका छन् 

मोबाईल फोन बसेको प्रेम चक्करले दुबै जना अहिले प्रहरी खोरमा

बागलुङ माघ १९  । बलेवा अमलाचौरका एक युवक र गल्कोट नरेठांटीकी एक युवती वीच मोबाईल फोन कनेक्सनबाट बसेको प्रेम चक्करले दुबै जना अहिले प्रहरी खोरमा पुगेका छन् । केहि दिन पहिले देखी यी अनजान केटा केटी वीच मोबाईल फोन सम्पर्कबाट भएको चिनजान र बातचित बढ्दै गएर ‘लभ’ मा परिणत हुन गएको बताईन्छ ।
बलेवा अमलाचौरका १८ बर्षिय नारायण शर्मालाई  पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

पर्वतको पकुवास्थित विरेन्द्र उच्च माविका प्रधानाध्यापकलाई झुटो आरोप

पर्वत माघ १९  । विद्यालयको आर्थिक मामिला तथा अन्य विभिन्न शैक्षिक गतिविधिमा अनियमितता गरेको भन्दै पर्वतको पकुवास्थित एक विद्यालयको व्यवस्थापन समितिले प्रधानाध्यापकलाई झुटो आरोप लगाएर पदीय जिम्मेवारीबाट हटाएको छ । पर्वतको पकुवा गाविसमा साचालित विरेन्द्र उच्च माविका प्रधानाध्यापक रुद्रबहादुर रिमाललाई आफ्नो भन्दा अरुको बाहुल्यता रहेको स्कूल को ब्यबस्थापन समितिले  पदच्युत पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

ग्रामिण तथा बिकास पत्रकारिता सम्बन्धी आधारभुत तालिम

पर्वत माघ माघ १९ । पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा सहयोग पुर् याउने उद्धेश्यले पर्वतको एक गाउँमा ग्रामीण तथा बिकास पत्रकारिता तालिम संचालन गरिएको छ । माछापुच्छ्रे बिकास संघ कास्कीको आयोजनामा तीन दिने ग्रामिण तथा बिकास पत्रकारिता सम्बन्धी आधारभुत तालिम भदौरे गाबिसमा सम्पन्न भएको छ ।
स्थानिय बहादुरे माबिमा माघ १५ देखि १७  पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online