म्याग्दी राखु पिप्ले की केसरीकुमारी जिसीको खोजी गर्न प्रहरीले वास्ता नगरेको गुनासो

म्याग्दी माघ १७ गते । एक महिना अगाडी लाखौ रुपियाँ नगद लिएर फरार भएकी म्याग्दी राखु पिप्ले गाविसकी केसरीकुमारी जिसीको खोजी गर्न प्रहरीले वास्ता नगरेको भन्दै पीडितले गुनासो गरेका छन् । पिप्ले गाविस ३ गैरीगाउँकी २९ वर्षिया जिसीको खोजी गरिदिन जाहेरी दिएपछि प्रहरीले बेवास्ता गरेकाले उनी वेपत्ता हुनुमा प्रहरीकै संलग्नता भएको पीडितहरुले आरोप लगाएका छन् ।घर र छिमेकीको दशलाख रुपियाँ नगद र पाँच तोला सुन लिएर पुषको २ गतेदेखि परिवारको सम्पर्कमा नरहेकी जिसीको खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएपनि प्रहरीको तर्फबाट बेवास्ता भएको उनका श्रीमान पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

नेकपा एकीकृत बागलुङको एरिया भेला बुर्तिबाङमा सम्पन्न

बागलुङ माघ १७ । नेकपा एकीकृत बागलुङको यही माघ २१ र २२ गते हुने जिल्ला सम्मेलनको तयारी स्वरुप इलाका नम्बर १ को एरिया भेला आइतवार बुर्तिबाङमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एकीकृतका केन्द्रीय सदस्य तथा मगराँत स्वशासित प्रदेश इन्चार्ज चिरन पुनले नयाँ जनवादी व्यवस्था स्थापनाको निम्ति नेपालमा जनवादी क्रान्ति अनिवार्य रहेको र त्यसको स्वरुप सशस्त्र हुने बताउनुभयो । मगराँत स्वशासित पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

कालिका माध्यामिक विद्यालय खुर्कोट-६ पर्वतको ५६ औ वार्षिकोत्सव

पर्वत माघ १७ । कालिका माध्यामिक विद्यालय खुर्कोट-६ पर्वतको ५६ औ वार्षिकोत्सव विविध कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोह सहित विद्यालयमा नवनिर्मित २ कोठे भवनको उद्घाटन गदैृ पर्वतका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टले विद्यार्थीहरुमाथि उत्तरदायी भएर शिक्षाको अभिवृद्धिका लागि अगाडि बढ्न शिक्षक अभिभावकलाई आग्रह गर्नु भएको थियो ।
उहाँले विद्यालयलाई उच्च मावि बनाउनतर्फ लाग्न शिक्षक अभिभावकलाई आग्रह गर्दै त्यसका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि शेषराज रेग्मी विद्यालयका पूर्व प्रधानाध्यापक काशीराम पोखरेल विद्यालय व्यवस्थापन समितिका सदस्य गुप्तनिधि शर्मा पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

धम्जा गाविस का स्थानीय वासीका लागि एचआइभी एड्स तालिम

बागलुङ माघ १७ । बागलुङ जिल्लाको धम्जा गाविस वडा नम्बर २ मा स्थानीय वासीका लागि एचआइभी एड्स र यौनरोग सम्बन्धी आधारभूत अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
एचआइभी एड्स र यौन रोगका बारेमा जानकारी गराउने उदेश्यले आइएनएफ पालुवाको आयोजनामा तालिम सम्पन्न भएको हो ।
स्थानीय ३० जनाको सहभागिता रहेको तालिममा पालुवाका सामुदायिक सहजकर्ता योगमाया पुनले सहजीकरण गर्नु भएको थियो ।
तालिममा एचआइभी एड्स र यौन रोग सर्ने तरिका पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

पर्वतको दक्षिणमा रहेको फलेवासमा संचालन गरिएको आँखा शिविरमा तीन सय जना

पर्वत माघ १७ । पर्वतको दक्षिणमा रहेको गाउँमा संचालन गरिएको आँखा शिविरमा तीन सय जनाले उपचार गराएका छन् । लायन्स क्लव अफ शिवालय पर्वतले पर्वत जिल्लाको फलेवासमा आयोजना गरेको निःशुल्क शिविरमा उक्त क्षेत्रका तीन सय ६ विरामीले परिक्षण गराएका हुन् । जस मध्ये १५ जना मोती विन्दुका विरामी भेटिएका छन् । मोती विन्दुका बिरामीहरुलाई निःशुल्क शल्यकि्रयाका लागि आगामी मंगलवार हिमालयन आँखा अस्पताल पोखरामा पठाईने भएको छ । आर्थिक अभावका कारण वर्षौदेखि आँखाको रोग पालेर बसेका दुर्गम गाउँका बिरामीहरु लाभान्वित भएका छन् । शिविमा देविस्थान मुडिकुवा खानीगाउँ कुर्घा पाङराङ लिमीठाना तथा छिमेकी जिल्ला बाग्लुङ्गका अर्जेवा छिस्ती लगायत पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

No comments:

Post a Comment

games online